कैलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला

कैलाली । केलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला परेका छन् ।कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल गएराति मृत फेला परेका हुन् ।

गौरीगंगा नगरपालिका ९ बस्ने ४० वर्षीय भुसालको शव पहलवानपुरबाट एक किलोमिटर पश्चिमतर्फ पर्ने राजमार्ग छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए ।