बेलडाँडी विपद काेषमा २१ लाख भन्दा बढी

रमेश प्रसाद भट्ट / बेलडाँडी-  बेलडाँडी गाउपालिकाकाे विपद काेषमा हाल सम्म २१ लाख भन्दा बढी रकम जम्मा भएकाे छ । गाउपालिकाले स्थापना गरेकाे विपद् व्यवस्थापन काेषमा बुधबार सम्म २१ लाख १४ हजार ४ सय ९१ रूपयाँ सहयाेग जम्मा भएकाे हाे ।

विपद् काेषमा विभिन्न संघ संस्था तथा दाताहरूबाट ३ लाख १४ हजार ४ सय ९१ रूपयाँ, प्रदेश सरकारबाट १३ लाख र गाउपालिकाकाे विपद काेषमा रहेकाे ५ लाख गरि जम्मा हाल सम्म २१ लाख १४ हजार ४ सय ९१ रूपयाँ विवद व्यवस्थापन काेषमा जम्मा भएकाे गाउपालिकाले जनाएकाे छ ।

यस्तै विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले खाध्य, स्वास्थ्य सुरक्षा सामाग्रीहरू गाउपालिकालाई प्रदान गरेकाे थिए ।

यसरी प्रत्येक वडा कार्यालयहरूबाट समेत सहयाेग रकम आईरहेकाे समेत जाईएकाे छ । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाहरू सहयाेग रकम आउने क्रम जारी रहेकाे गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

यसरी सबै क्षेत्रहरूबाट सहयाेग प्राप्त भएकाेमा गाउपालिकाले सहयाेगी सबैलाई धन्यावाद समेत प्रकट गरेकाे छ ।