कञ्चनपुर खबर नामक साप्ताहिक पत्रिकाको उदघाटन ।

रमेश प्रसाद भट्ट
फागुन १२,

कञ्चनपुर खबर नामक साप्ताहिक पत्रिकाको एक कार्यक्रमका माझ उदघाटन गरीएको छ । सोमबार बेलडाँडी गाउपालिकाको सभा कक्षमा एक औपचारिक कार्यक्रमका माझ कञ्चनपुर खबर पत्रिकाको उदघाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा सुदुर पश्चिम प्रदेशका प्रमुख सचेतक एवं प्रदेश सासंद तारालामा तामाङ्ग रहेका थिए, भने विशिष्ट अतिथिमा बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला कार्की रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा सुदुर पश्चिम प्रदेशका प्रमुख सचेतक एवं प्रदेश सासंद तामाङ्गले व्यानर पढेर र पत्रिका विमोचन गरेर उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले पत्रकारीता जगतलाई व्यवस्थित र मर्यादीत बनाएर लैजानु पर्नेमा जोड दिनु भयो । साथै उहाँले मिडियालाई सबै पक्षबाट उतिकै सहयोग गरेर जोगाउन सके मात्र बाच्न सकिने बताए । यस्तै उहाँले यस भेगका सिमसारका समस्या बाटोघाटो ,खोलानाला देखि लिएर कयौ लुकेका विकासी मुद्धाहरु लाई उठाउनमा कलम चल्नेछ भन्नेमा आफु विश्स्त रहेको बताए । उहाँले आफ्नो क्षेत्रको पत्रिका भएको नाताले पनि अन्य सवालमा पत्रिकालाई सहयोग गर्नमा आफु पछि नपर्ने र सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नु पर्ने बताए ।

मनतव्य राख्ने क्रममा कार्यक्रममा विशिष्ट अतिथि बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापाले गाउपालिकाले सहकार्य गरेर अगाडी बढ्ने बताए । साथै उहाँले हरेक विकास र परिवर्तनका सवालमा आफ्नो जोड रहने बताउदै पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भयो । उपाध्यक्ष कमला कार्कीले यस भेगमा भएका समस्याहरुलाई उत्थान गरेर राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म पुगोस र सत्य तथ्यमा आधारीत भएर निष्पक्ष रुपबाट कलम चलोस भन्दै पत्रिकाको प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने वक्ताहरुले पत्रिकाको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख, विद्यालय प्र.अ, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कञ्चनपुर खबर पत्रिकाका संरक्षक ईन्द्र दत्त भट्टको सभापतित्वमा सम्पन्न्न भएको कार्यक्रममा स्वागत पत्रिकाका कार्यकारी सम्पादक रमेश प्रसाद भट्टले स्वागत मनतव्य राखेका थिए, भने कार्यक्रमको सञ्चालन मान बहादुर चन्दले गर्नु भएको थियो ।