कञ्चपुरमा श्रीमान श्रीमतीको विभत्स हत्या

कञ्चनपुर : 

कञ्चनपुरमा रगताम्य अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहिबार जिल्लाको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन।

‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ, प्रहरीको टोलीले अहिले घटना स्थललाई घेराबन्दीमा राखेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरज कार्कीले भने ‘दुवैजना रगताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागी प्रदेश कार्यालयबाट कुकुरको टोली आउँदैछ। त्यपछि मात्रै घटनाबारे थप भन्न सकिन्छ।’