सुदुर पश्चिम प्रदेशका नेकपा सांसद बलात्कार आरोपमा पक्राउ

कैलालीबाट बलात्कारको आरोपमा एकजना प्रदेश सांसद पक्राउ परेका छन । तत्कालीन माओवादी पार्टीको अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको बताउदै प्रहरीमा फागुन १४ गते उजुरी दिएकी थिइन।उक्त उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरी कार्यालय उपस्थित भएका थिए ।

सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
सांसद रावलले आफू माथि लगाइएको आरोप निराधार रहेको र मुद्दा फेस गर्न तयार रहेको उनको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले जानकारी दिएको छ ।