बेलडाँडी गाउपालिका वडा नम्बर ५ मा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बेलडाँडी गाउपालिका वडा नम्बर ५ मा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बैजनाथ मा.वि. झिलमिलामा बेलडाँडी गाउपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो ।

यहि फागुन २३ र २४ गते शनिबार सम्म दुई दिने स्वास्थ्य शिविर सञ्चालन भएको थियो । गाउ घरमा चिकित्सक कार्यक्रम नाम दिएको स्वास्थ्य शिविरमा ३ जना डक्टरले जनरल चेकअफ सेवा दिएका छन् । भने उक्त टिममा करिब २० जना जति स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविरलाई सघाएका थिए ।

शिविरमा चिकित्सक द्धारा विरामीको चेकजाँच, परामर्श तथा प्रेषण, गर्भवती महिलाका लागि भिडियो एक्स–रे, प्रजनन् स्वास्थ्य सेवा, प्रयोगशाला ल्याब सेवा र निःशिल्क औषधी सेवा दिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपर भाईजर कपिल देव जोशीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । उहाका अनुसार शिविरमा चेकअफको क्रममा जटिल खालका विरामीलाई रेफर गर्ने गरेको बताए ।

शिविर सेवाबाट बेलडाँडी गाउपालिका वडा नम्बर ५ का ५०६ जनाले जनरल चेकअफ सेवा लिएका छन् । जसमा महिला ३५७ र पुरुष १४९ ले चेकअफ गराएको सुपरभाईजर जोशीले बताए । ५३ जना गर्भवती महिलाको भिडियो एक्स–रे गरीएको थियो ।

गाउघरमा यसरी निःशुल्क स्वास्थ्य सेवा लिन पाएकोमा स्थानिएले खुसि व्यक्त गरेका छन् । एक स्थानिय जयदेव सिह डडालले भने सामान्य स्वास्थ्य समस्याका लागि हामीले महेन्द्रनगर धनगढी जानुपथ्र्यो तर गाउघरमै सेवा पाउदा आफु अर्षित भएको बताए ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले यस अघि भिमदत्त नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउपालिकामा सकेर अब लालझाडी गाउपालिकामा यहि फागुन २९ र ३० गते स्वास्थ्य शिविर कार्यक्रम गरिन लागेको सुपरभाईजर जोशीले बताउनु भयो ।