कञ्चनपुरका सबै सिमा नाकामा कोरोना चेक जाँचमा कडाई-प्रमुख जिल्ला अधिकारी खतिवडा

कञ्चनपुरका सबै जसो सिमा नाकाहरुमा कोरोना चेक जाँचमा कडाई गरीएको छ । जिल्लाका सिमा नाका संग जोडीएका आवत जावत बढी हुने नाकाहरुमा कोरोना भाईरस भित्रिन नदिन हेल्थ डेस्क स्थापना गरी चेक जाँचमा कडाई गरीएको हो ।

कञ्चनपुरका सिमा नाकाहरु गड्डा चौकी, ब्रहमदेव, बेलौरी, लगागतका स्थानमा हेल्थ डेस्क राखि चेक जाँचमा कडाई गरीएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नोर प्रसाद खतिवडा ले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । महाकाली अस्पतालमा आईसोलेसन वाड राखिएको छ । उता झुलेङ्गेमा पनि हेल्थ डेस्क राख्ने तयारी भईरहेको बताए । ।

प्रमुख जिल्ला अधिकारी खतिवडाका का अनुसार विशेष गरेर भारतबाट आउने पर्यटक र काम गरी फर्कने नेपालीहरु लगायतलाई चेक जाँच भईरहेको बताए । चेक जाँच गर्दा अन्यको सवालमा भने शंका लागेकाहरुलाई समेत चेक गरी राखेका छन ।

चेक जाँचको दौरानमा हाल सम्म कोरोना संङक्रमण भएका कुनै पनि व्यक्ति फेला नपरेको उहाले बताउनु भयो । जिल्लामा स्वास्थ्यकर्मीहरुको टोली सहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत बताए । उहाले हल्लाको पछि लागि नआत्तीन प्रमुख जिल्ला अधिकारी खतिवडाले सबैलाई आग्रह समेत गर्नु भएको छ ।

 

गड्डा चौकी नाका