तीन पेस्तोल र १५ वटा बमसहित विप्लव समुहका १३ कार्यकर्ता पक्राउ

विप्लव नेतृत्व नेकपाका १३ कार्यकर्तालाई बिहीबार उदयपुर जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन वटा पेस्तोल र १५ वटा बम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश २ र प्रदेश १ बाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुकाे साथबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुुकर बम बरामद भएको छ ।

सो समूहले बुधबार धनुषाबाट एक जनालाई अपहरण गरेको र उनको उद्धारका लागि खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले सिरहा र उदयपुरकाे सीमामा पर्ने कटारी नगरपालिका १ बाट उनीहरुलाई पक्राउ गरेकाे पुष्टि गरे ।