नेकपा बेलडाँडी बैठक सम्पन्न : सीमा पिलर खारेजीको माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलडाँडी बेलडाँडीको बैठक सम्पन्न भएको छ । आइतबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।  बैठकले नेपाली भू–भागमा निर्माण भएका सीमा पिलर खारेजीको माग अघि सारेको छ ।

आइतबार नेकपा बेलडाँडी गाउँकमिटिको बैठकले (नेपाल–भारत) संयुक्त सीमा सर्वे टोलीले निर्माण गरिएको सीमा पिलरको काम रोक्न निर्णय गरेको हो । नेकपा बेलडाँडीले नेपाली भू–भागमा गाडिएका सीमा पिलर खारेजीको माग अघि सारेको छ । नेकपा बेलडाँडीका इन्चार्ज अक्कल बहादुर विष्टले बेलडाँडी गाउँपालिका ३, ४ र ५ नम्बर वडा क्षेत्रमा जोडिएको सीमानामा भईरहेको सर्वेको काम विवादास्पद भएकाले यथाघिश्र काम अघि नबढाउन निर्णय गरिएको बताए ।

 

‘उक्त क्षेत्रमा विस २०२४ सालदेखि नै बसोबास थियो, नेपाली नागरिकसंग लालपुर्जा पनि छन, ‘नेकपा बेलडाँडीका इन्चार्ज विष्टले भने, ‘अहिले आएर तिनै नेपालीका जमिनमा सीमा पिलर गाडिदैछन ।’ नेपाली भूमिमा सीमा पिलर गाडिएको विषयमा नेकपा बेलडाँडीको घोर भन्र्सना एव बिरोध जनाउदै नेपाली नागरिकले भोकचलन गर्दै आएको जमिनमा नयाँ पिलर निर्माण नगर्न समेत माग अघि सारेको छ ।

निर्माण भएको पिलर समेत कार्यान्वयन नगर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई माग अघि सारेको छ । तीनै सरकारले सीमा समस्या कुटनीतिक ढङगबाट समाधान गर्न नेकपा बेलडाँडीले सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।