पुनर्वासमा लाठी प्रहारबाट श्रीमानद्वारा श्रीमतीको हत्या

कंचनपुरको पुनर्वासमा लाठी प्रहारबाट आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ ।मंगलबार पुनर्वास नगरपालिका-८ क-गाउँमा ६३ वर्षीया श्रीमान सफली बयाडीले आफ्नै श्रीमती ६० वर्षीया खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेको हो ।

मदिरा सेवनले लट्ठ भएका सफली बयाडीले आइतबार राती ९ बजे तिर श्रीमतीसंग विवाद गरि टाउकोमा लाठी प्रहार गरेर घाइते बनाएको बुहारी बाटु बयाडीले बताईन ।
श्रीमानको कुटाइबाट घाईते भएकि खन्जरीलाई उपचारको लागि पुनर्वासकै स्थानीय पोलिक्लिनिकमा लगिएको अवस्था गम्भीर देखिएपछी धनगढी रेफर गरिएको तर उपचार धनगढीमा पनि नहुने भएपछी नेपालगन्ज पुर्‍याएको थियो । नेपालगन्ज पुर्‍याएपनी अस्पतालले डिस्चार्ज गरेपछी घर ल्याउदै गर्दा बाटोमा मृत्यु भएको मृतककी बुहारीले जानकारी दिईन ।

मृतक खन्जरीका चार छोरा भएपनि तर सबै वैदेशिक रोजगारीको शिलशिलामा भारतको मुम्बईमा रहेको र बुवाकै भरमा घर परिवार छाडेको बुहारीले रुदै बताईन ।
घटना पश्चात् घटनास्थल पुगेको प्रहरी टोलीले हत्यारा श्रीमान सफलीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिहले जानकारी दिए ।

मृतक खन्जरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक सिहले जानकारी दिए ।