उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ ७ र ८ गतेलाई महाधिवेशन सारिएको जानकारी दिए ।