गड्डाचौकी नाका अनिश्चितकालका लागि बन्द, महेन्द्रनगर लकडाउन गर्ने निर्णय

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनवासासंग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गते पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डौकोकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले आज राती १२ बजे पछि लागु हुने गरी भीमदत नगर पालिकाका दैनिक उपभोग्यका पसल , राहत उद्दार बाहेक यातायात,सम्पुर्ण बजार,पसल,ब्यवसाय, उद्योगग र कलकारखाना अर्को सुचना नआउन्जेल सम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।