बेलौरीमा आइसोलेसन र क्वारेन्टाइन कक्ष तयार

बेलौरी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि क्वारेन्टाइन को तयारी पुरा गरेको छ । शुक्रबार बेलौरी नगरपालिकाको नवं निर्मित भवनमा क्वारेन्टाइनको तयारी पुरा गरेको हो । ५० ब्याडको आइसोलेसन र क्वारेन्टाइन कक्ष  तयार  गरिएको  बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कञ्चनपुर खबरलाई बताउनु भयो।

नगरको नवनिर्मित भवनमा ५०सैया भित्र १५ सैयाको आसोलेसन कक्षकक्षहरु तयार भइसकेको बेलौरी नगरपालिकाका स्वास्थ्य संयोजक मान बहादुर चन्दले बताउनु भयो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि यसअघि बेलौरी नगरपालिकाले नगर क्षेत्र भित्रका चार स्थानमा हेल्थ डेस्क र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा निगरानी कक्ष सञ्चालनमा ल्याएको नगर प्रमुख चौधरीले बताए ।

यसका साथै विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह गर्ने र कालोबजारी हुन नदिन नियमित बजार अनुगमनको कार्यलाई तीब्रता दिइएको समेत कञ्चनपुर खबरलाई जनाएका छन् ।