प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटका नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ।प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियारलाई स्मृति पत्र भन्दै संकटका नाममा हुने भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका हुन्।
मंगलबार ट्वीट गर्दै प्रवक्ता शर्माले संकटका बेला सरकारलाई दल र नागरिकले साथ दिनु दायित्व भए पनि यस्तो बेला भएका अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराएका हुन्।
‘अख्तियारलाई `स्मृति पत्र´! संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व,’ उनले लेखेका छन्, ‘साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको ध्यानाकर्षणl’
उनले कोरोना महामारी संकटका बेला सरकारले अहोरात्र काम गरेको भन्दै प्रोत्साहित गर्नुपर्ने तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने उल्लेख गरेका हुन्। ‘अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न,’ शर्माले भनेका छन्।
सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै विरोध भइरहेको छ।