बेलौरी र बेलडाँडीलाई NNSWA संस्थाद्धारा स्वास्थ्य सामाग्री सहयोग

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाममा सहयोगका लागि NNSWA कञ्चनपुरले बेलौरी र बेलडाँडीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार बेलौरी नगरपालिका र बेलडाँडी गाउपालिकालाई केहि थान स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

NNSWA संस्थाले दुबै स्थानिय तहलाई माक्स ४०० थान, हेन्ड सेनिटाइजर १० लिटर, साबुन ४०० थान, ग्लोबस डिस्पोज २ प्याकेट सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निनिर्देशक अशोक विक्रम जैरुले बताउनु भयो ।

यसरी गैर सरकारी संघ संस्थाहरुले अहिले विभिन्न स्थानिय तह हरुलाई कोरोनबाट बच्न विभिन्न उदाहरणिय कार्य गर्दे आएका छन् ।