स्वास्थ्यकर्मीको स्थानिय,प्रदेश तथा संघ सरकारलाई अनुरोध।

नेपालको अहिलेको बदलिदो राजनितिक संग स्वास्थ्यकर्मिको तालमेल हरेक काल खण्डलाई मैले बुझे सम्म बिशलेशन गर्दा स्वास्थ्यकर्मिको मनोबल पहिले भन्दा अहिले खसकिदै गएको देख्दछु । तर हरेक काल खण्डको आपतकालीनअवस्थामा बिशेषज्ञ डक्टर ,पारामेडिकस ल्याब तथा नर्सिङ्हरुले अहम भुमिका निर्वाह गरेको ईतिहासबाट सजिलै बुझन सकिन्छ।

यसका उदाहरण भनुपर्दा पहिलो र दोस्रो विश्व युद्ध होस या अहिलेको विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात covid- 19 को माहामारी किन नहोस ? स्वास्थ्य नै धन हो, “भन्ने भन्नाई आज बिश्वमै ब्यवहारमा नै सिद्ध हुदैगएको छ । तर अहिले नेपालमा N-COVID- 19 न्यनिकरणको लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय तह र जनसमुदायले गरेको प्रयास चिन्ताजनक छ।

अहिलेको जल्दोबल्दो समस्यामा जनताको स्वास्थ्यकर्मि प्रति धेरै गुनासो सुन्न पाईएको छु र मैले भोगेको पनि छु । म एउटा स्वास्थ्यकर्मिको नाताले भन्छु कि हाम्रो पेशा भनेको अरुको पेशा भन्दा फरक र संबेदनशिल छ । हाम्रो पेशामा एक सकेन्डले पनि धेरै महत्व राख्दछ। हाम्रो एउटा यस्तो पेशा हो, जहाँ दिन दु:खि बिरामि भएर आउँछ । अनि खुसि भएर जान्छन । अहिले जन्ताबाट गुनासो हुनु सबभाविक मान्छु किनकि स्वास्थ्यकर्मिहरुले आफ्नो भन्दा पनि समपुर्ण जनसमुदायको लागि सचेत भएर नचाहदा चाहिदै टाढा बाट उपचार गर्नु हाम्रो बाध्यता छ ।

यस्तो गर्नुमा हाम्रो स्वार्थ लुकेको छ ? हो हामी स्वास्थ्यकर्मिहरू स्वार्थि छौ । हामी स्वास्थ्यकर्मिहरू PPE र N95 मास्क बिना प्रत्यक्षरुपमा बिरामि संग काम गरिरहको छौ ? र हामि सबै ज्वरो बिरामिलाई शंकास्पद बिरामिको रुपमा लिएकाछौ । हामी आफै उच्च जोखिममा छौ ? त्यहि भएर हामी स्वस्थ्य व्यक्तीलाई रोग सार्न चाहदैनौ त्यहि हाम्रो गल्ति हो ? हो हामी आफुले जाने बुझेसम्म N-COVID- 19 रोग लाई सार्नबाट रोक्छौ र रोक्नेछौ ।

यदि यो हाम्रो गल्ति हो, भन्ने हामी स्वास्थ्यकर्मिहरु यो गल्ति दोहर्याउन तयार हुनुपर्छ र तयार हुनेछौ । अन्तयमा भन्नु पर्दा स्वास्थ्यकर्मिहरू र समपुर्ण जनसमुदायको बिचको खाल्डो पुर्ण रुपमा सरोकारवालाले निम्न कार्य गर्नु पर्दछ ।
1- स्बास्थ्यकर्मिको जन धन को सुरक्षाको को ग्यारेन्टि गर्नुको साथै आवश्यक उपकरण प्रदान गरि उच्च मनोबल कायम राख्ने ।
2- जनसमुदायमा ब्यापक जनचेतना फैलाउने।
3- तिनवटै सरकारले गर्दै आएको क्रियाकलाप लाई निरन्तरता दिने यसमा सबै राजनितिक दल कर्मचारी र संध संस्था तथा स्वास्थ्यकर्मिहरूले हातोमालो गरि सहयोग गर्ने ।
4- अहिलेको आपत्तकाललिन आवस्थामा सबै स्वास्थ्य संस्थामा सुरक्षा परिचालन गरियोस । यसले गर्दा स्वास्थ्यकर्मिलाई काम गर्ने वातावरण मिल्ने छ । साथै जनसमुदायलाई सेवा लिएको अनुभुति हुनेछ र social distance कायम रहन सक्ने छ ।

नेपाल सरकारको आज्ञकारी स्वास्थ्यकर्मि :-

हे.अ. श्याम नारायण गुप्ता
पिप्रा बिर्ता स्वास्थ्य चौकी
माहागढीमाई न.पा. बारा