अर्याल समाजद्धारा बेदकोट नगरपालिकालाई आर्थिक सहयोग

बिकाश सिह महता /कञ्चनपुर –  कञ्चनपुर जिल्लाको एक समाजद्धारा बेदकोट नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस रोकथामका लागि स्थापना गरेको राहत कोषमा अर्याल समाजले राहत स्वरुप आर्थिक नगद सहयोग गरेको हो ।

बिहिवार एक कार्यक्रमका साथ अर्याल समाज कञ्चनपुरका निवर्तमान अध्यक्ष एव्म साबिक सुडा गा बि स पुर्व उपाध्यक्ष प्रमान्द अर्याल र प्रेम राज अर्यालद्धारा सयुक्त रुपमा अर्याल समाज कञ्चनपुरबाट राहत स्वरुप आर्थिक नगद सहयोग १५ हजार ५ रुपैया बेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्द लाई हस्तान्तरण गरेको छ ।

नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दको विश्वव्यापी रुपमा महामारी फैलिएको र देशभर लक डाउन लम्बिएको समयमा सहयोगी हातहरुप्रति बेदकोट नगरपालिकाले आभार प्रकट गर्दै आएको छ ।