मन्त्री मगरद्धारा कञ्चनपुरका ४ वटा पालिकामा स्वास्थ्य सामाग्री वितरण

रमेश प्रसाद भट्ट/बेलडाँडी-  खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर क्षेत्र नम्बर १ मा रहेका चारवटा पालिकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । विहिबार कोरानाबाट रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उद्येश्यका साथ स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो । स्वास्थ्य सामाग्री प्राप्त गर्ने पालिकाहरुमा पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका रहेका छ्न ।

बेलौरी र पुनर्वासमा मास्क ५०००/५००० पिस, PPE सेट ३०/३० पिस, साबुन ४००/४०० पिस प्राप्त गरेका छ्न भने लालझाडी र बेलडाँडीले मास्क ४०००/४००० पिस, PPE १८/१८पिस, साबुन २००/२०० पिस प्राप्त गरेका छ्न । खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमल्सेनाले विहिवार हरेक पालिकाहरुमा पुगी सो स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

स्वाकिय सचिव तिमल्सेनाले चार वटै पालिकामा गएर हस्तान्तरण गर्नु भएको हो । कोरोना भाईरसबाट यस क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई जोगाउन सो स्वास्थ्य सामाग्री खानेपानी मन्त्री बिना मगरको व्यक्तिगत खर्चमा वितरण गरिएको खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमल्सेनाले बताउनुभयो ।

यस अघि मन्त्री बिना मगरले पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीलाई पच्चीस/पच्चीस क्विन्टलका दरले सय क्विन्टल चामल राहत स्वरुप उपलब्ध गराउनुभएको थियोे ।
देश संकटको घडीबाट परेको बेलामा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई केहि हद सम्म भएपनि सहयोग पुगोस भन्ने उद्येश्यका साथ सहयोग गरीएको मन्त्री मगरले बताउनु भयो । उहाँका अनुसार आगामि दिनमा पनी आफ्ना जनताको सहयोगका लागि आफु सधै तत्पर रहेको समेत बताउनु भयो ।