वेदकोट नगरपालिकाका मेयर चन्द दुर्घटनामा परी घाइते

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरअशोक कुमार चन्द मंगलबार दिउँसो सडक दुर्घटनामा परी घाइते हुनुभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बाणीमा रहेको मछेली नदि किनारमा लामबद्ध ट्र्याक्टर मध्ये एउटा ट्र्याक्ट्रर एक्कासी सडकमा आउँदा वेदकोट नगरपालिकाका नगरप्रमुख चन्द सवार गाडी दुर्घटनामा परेको हो ।

नगर प्रमुख चन्दको कैलालीको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार पछि घर फर्काइएको छ । उहाँको हातमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको जनाईएको छ । सोही गाडीमा सवार अन्य व्यक्तिहरु सबै सकुशल रहेको बताइएको छ ।