कञ्चनपुरमा विश्व रेडक्रस दिवस मनाइयो

कञ्चनपुर : नेपाल रेडक्रस सोसाइटीले शुक्रबार  विश्व रेडक्रस दिवस मनाएको छ । विश्वभरमा मानवीय सेवाको भावनाले काम गर्ने संस्था रेडक्रस सोसाइटीको संस्थापक जाँ हेनरी डयुनाको जन्म जयन्तीका अवसरमा मनाइने विश्व रेडक्रस दिवस नेपालमा पनि मनाइको हो ।

विश्व रेडक्रस दिवस तथा रेडक्रसका संस्थापक जाँ हेनरी डयुनाको जन्म सन् १८२८ मे ८ का दिनमा भएको थियो । उनले दोस्रो विश्वयुद्धका घाइतेहरुको दयनीय अवस्थालाई मानवीय भावनाले सेवा गरेका थिए ।

पछि उहाँले नै विश्वभरमा मानवीय सेवाको भावनाले काम गर्नु पर्ने आवश्यकता महसुस गर्दै सन् १९६२ मा स्वाजल्याण्डको जेनभामा रेडक्रसको स्थापना गरेका थिए ।
रेडक्रसका संस्थापक जाँ हेनरी डयुनाको जन्म जयन्ती तथा विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश कार्यालय र कञ्चनपुर जिल्ला शाखाको संयुक्त आयोजनामा विश्व रेडक्रस दिवस मनाइएको हो ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीको अध्यक्षतामा कञ्चनपुर शाखाको सभाहलमा एक औपचारिक कार्यक्रम गर्दै विश्व रेडक्रस दिवस मनाएको हो । यस वर्ष रेडक्रसले विश्वभरमा कोरोना विरुद्ध लड्न अग्रपंक्रिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, र रक्तदाताहरुलाई सम्मान गर्नुका साथै कोरोना बाट संक्रमितको शिघ्र स्वास्थ्य लाभ र कोरोनाबाट मृत्युवरण गरेकाहरुको आत्माको शान्तिको कामना गर्दै रेडक्रस दिवस मनाएको छ ।