आईपुग्यो चीन सरकारको ठूलो सहयोग, दुई विमान स्वास्थ्य सामग्री

चीन सरकारले अनुदान दिएको पिसिआर किट लगायतको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । हिमालयन एयरलाइन्स मार्फत अहिले बिहान ८ बजे ४० हजार पिसिआर किट सहितको स्वास्थ्य सामग्री लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

दुइ दिन अघि मात्र स्विजरल्याण्ड सरकारले नेपाललाई  ३० हजार पिसिआर किट अनुदान सहयोग गरेको थियो । चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीमा ४० हजार पिसिआर किट, १० हजार एन ९५ मास्क, सर्जिकल मास्क ८ लाख, गगल्स १० हजार थान लगायतका स्वास्थ्य सामग्री नेपाल आएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले  आज र भोली गरी दुई वटा विमान मार्फत पिसिआर किट लगायतको स्वास्थ्य सामग्री नेपाल आउने जानकारी दिनुभयो । भोली आइतबार १० बजे स्वास्थ्य मन्त्रालयमा नेपालका लागि चिनीया राजदूत होउ यांकीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।