महाकाली नगरपालिकाका परवल किसान भोकमरीको चपेटामा पर्ने भन्दै चिन्तित

डिल्लीराज पन्त/कञ्चनपुर- कञ्चननपुरको महाकाली नगरपालिका का केहि वडाहरुमा प्रमुख वाली र तरकारीका रुपमा वर्षेा देखि लगाईदै आएको नगदे वालि हो परवल खेति । जुन कञ्चनपुरको महाकाली नगरपालिका को ८, ९ रु १० नम्वर वडामा मात्रै करिव ६० विगाह क्षेत्रफलमा खेति लगाउने गर्दछन । ति वडाका अधिकांस किसानहरुको मुख्य आम्दानीको स्रोत नै परवल खेति हो ।तर पछिल्लो २ महिना भन्दा वढि समय देखि विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा समेत लकडाउन भएका कारण त्यस क्षेत्रकक किसान भोकमरीमा पर्ने चिन्तामा परेका छन ।

परवल खेतिको मुख्य वजार सिमावर्ति भारततिय तरकारी वजार भएकाले अहिले लकडाउन भएका कारण सिमा नै सिल गर्दा आवत जावतनै ठप्प भएको छ । आफुहरुले धान गहु नलगाई परवल खेतिगर्ने गरेको तर लकडाउनले गर्दा परवलको वजारमा जान नपाउदा वारीमै कुहीदै गएकाले अहिले आएर दैनिक हातमुख जोर्न समेत समस्या भएको स्थानिय कृषक गंगा कुमारी खड्काले ले दुखेसो पोखेका छन ।

सिमावर्ति भारतिय बजारहरुमा परवल निर्यात गरीमनग्ये आम्दानी गरीरहेका किसानहरुले वर्षेनी लाखौ रुपैयाको परवल निर्यात गर्ने गरेका थिए । किसानले लकडाउनका कारण स्थानिय वजार समेत नखुल्दा र यातायात पनी बन्द हुदा बेच्न तयार भएको परवल बारीमै कुहेर खेर गईरहेकाले स्थानिय सरकारले परवल को अलिकति वजार व्यवस्थापन गरिदिए थोरै भएपनी गुजारा टर्ने भन्दै समस्या समाधानका लागी पहल गर्न स्थानिय किसानले माग गरेकी छन

पछिल्ला वर्षहरुमा भारतिय व्यापारी हरु वारीमै आएर परवल लैजाने र दैनीक १ देखि २ कुण्टल परवल खपत हुने गरेको भएपनी यसपाली भने लकडाउन काकारण दैनिक २ र४ केजि मात्रै स्थानिय गाउलेहरुले खरिद गर्ने गरेका छन । जिविकार्जन को मुख्य स्रोतनै ठप्प भएपछि परवल किसानहरु स्थानिय सरकार संग राहत माग्न वाध्य भएका छन ।

नेपाल अधिराज्यमै परवल खेतिका लागी लागी पकेट क्षेत्र मानिएको महाकाली नगरपालिका मा महामारीका कारण निर्यात ठप्प भएको र सदरमुकाम वजारको एकमात्र तरकारी मण्डी समेत अनिश्चितकालका लागी जिल्ला प्रसाशनले बन्द गर्दा किसानहरुलाई झनै समस्या परेको भन्दै छिट्टै प्रमुख जिल्ला अधिकारी संग यसवारे कुरा राख्ने र अत्तरिया, धनगढी नेपालगञ्ज सम्म निर्यात गरी समस्याको समाधान गर्ने महाकाली नगरपालिकाका प्रमुख विर बहादुर सुनारले वताएका छन ।

लकडउनका बेला आहत भएका कृषकहरुलाई वर्षभरीको मेहनत र लगानी गरी उत्पादन गरेको अन्न वालि तथा साग तरकारीको उचित वजार व्वस्थापन गर्न सहज निर्यातमा समन्वयकारी भुमिका खेल्नु जनप्रतिनिधिको दायित्व समेत हुनआउछ त्यसैले पनी सथनिय तहले किसानहरुका समस्या समयमै सम्वोधन गर्न जरुरी देखिन्छ