कोरोना भाइरस (कोभिड-१९)

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो ।

यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।
सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

काेराेना भाइरस संक्रमणका लक्षण:-

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?  

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।
भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।
भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– लक डाउन को पूर्ण पालना गर्ने

कोभिड-१९ को उपचार छ?

अहिलेसम्म कोरोनाभाइरसका कारण लाग्ने रोग कोभिड-१९ को उपचार गर्न वा उक्त भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन।

अन्य जीवाणुको उपचारका लागि बनाइएका एन्टीबायोटिकले भाइरसलाई मार्न सक्दैनन्।
कोभिड-१९ हुँदा देखिने लक्षणहरूको उपचार हुन्छ। अधिकांश मानिसमा तिनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ।

कोरोनाभाइरसविरुद्धको औषधि परीक्षणको परिणाम ‘उत्साहजनक’कोरोनाभाइरसका कारण संसारभर नक्कली औषधीको बिगबिगी अहिले कोरोनाभाइरसविरुद्ध खोप बनाउन तथा परीक्षण गर्न विभिन्न देशका वैज्ञानिकहरूले काम गरिरहेका छन l
कोरोना भाइरस रोग (कोभिड-१९) को पहिचान सर्वप्रथम चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरमा डिसेम्बर २०१९ मा भएको थियो ।

चीनको वुहानबाट फैलिएको यो रोगले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । शुरुमा पहिचान भएका मुलुकहरुमा हाम्रो देश पाचौ रहेको छ । हालसम्म नेपालमा यो रोगबाट प्रभावित र संक्रमित हुनेको जम्मा संख्या अठार  सय एघार जना रहेको छ ।

जसमा निको भएर घर फर्किएका सख्या दुइ सय एक  जना, ज्यान  गुमाउनेको  संख्या आठ जना रहेको छ । अन्य करीव २०० बढी  देशमा फैलिसकेको यस रोगले नेपालको सामाजिक आर्थिक क्षेत्रमा पारेको प्रभाव सम्वन्धमा यस लेखमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

शैक्षिक प्रभाव

यो रोगको कारणले संसारभरका शैक्षिक संस्थाहरु प्रभावित भएका छन । यसको कारणले विश्वविद्यालहरु एवम विद्यालहरु बन्द भएका छन । UNESCO ले यसै सालको मार्च २५ सम्मको तथ्यांक सार्वजनिक गरे अनुसार यसरि विश्वभर विश्वविद्यालहरु एवम विद्यालहरु बन्द  गर्ने देशहरुको संख्या १६५ पुगेको छ । यसले गर्दा विश्वब्यापी रुपमा कारीव १.५ विलियन विद्यार्थीहरु प्रभावित भएको अनुमान गरिएको छ । जुन कुल भर्नाको करीव ८७५ हुन आउछ ।  नेपालमा पनि विश्वविद्याल एवम विद्यालहरु सवै बन्द भएका छन ।

स्कुले विद्यार्थीहरुको फलामे ढोका मानिने SEE (Secondary Education Examination) को परिक्षा स्थगित भएको छ । यसरि परिक्षा बाट प्रभावित हुनेको संख्या छ लाख भन्दा ९६,००,०००० बढी रहेको छ । नेपालबाट विदेसमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि निकै प्रभाबित भएका छन । नेपालीहरु बैदेशिक अध्ययनको लागि जाने मुख्य देशहरुमा अस्ट्रेलिया पनि पर्दछ जुन  कोभिड्-१९ प्रभावित देश हो ।

यहाँ पढ्न गएका विद्यार्थीहरु नराम्रो संग आर्थिक र मानसिक रुपमा प्रभावित भएका छन । थप समयको लागी खर्च कहाँबाट र कसरी जुटाउने भन्ने कुरामा उनिहरुको चिन्ता छ ।  देशमा lock down भएको कारणले विद्यार्थीहरुसंग संबन्धित ट्युसन, कोचिंग र अन्य पुर्व तयारी कक्षाहरु समेत बन्द रहेका छन ।

राजनीतिक प्रभाव

राजनीति पनि कोभिड(१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । चीनमा कैयौं स्थानिय निकायहरु कोभिड(१९ नियन्त्रण गर्नमा चनाखो नभएको आरोपमा भंग गरिए । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्र्म्प (Donald Trump) पनि सोही आरोपमा धेरै आलोचित हुनु पर्यो  । जसले गर्दा यसै बर्ष हुन गैरहेको राष्ट्रपति पदको चुनावमा उनले पराजय समेत भोग्नु पर्ने हुन सक्छ ।

अमेरिकामा राष्ट्रपति पदको लागी भैरहेको पार्टिका आन्तरिक चुनावी प्रकृया समेत स्थगित भएको छ । कोभिड-१९ बाट विश्वका विभिन्न देशका राज नेता, विधायकसमेत व्यक्तिगत रुपमा प्रभावित भएका छन । उनिहरु आफै कोभिड-१९ बाट पिडित भएका छन । उदाहरणको लागि बेलायतका प्रधानमन्त्री कोरोना बाट संक्रमित भएका छन । स्पेनकी राजकुमारीको सोही रोगले मृत्यु भएको छ । युरोप एवम अन्य विकसित रास्ट्रका सरकारमा रहेका व्यक्तिहरु पनि क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन ।

यस्तै अवस्था एसियाली रास्ट्रहरुमा समेत छ । नेपालका सवै राजनीतिक दलहरु पनि कोभिड-१९ बाट प्रभावित भएका छन । यी सवै दलहरु हाल आफ्नो सम्मेलन वा महाधिवेशनको तयारीमा छन । कोभिड-१९ को संक्रमण पुर्व यीनिहरु आफ्नो सम्मेलन वा महाधिवेशनको  तयारी स्वरुप सदस्यता बाड्ने, संगठन विस्तार गर्ने कार्यमा व्यस्त थिए ।

तर कोभिड(१९ को संक्रमण पछि  उक्त सबै कार्यक्रमहरु बन्द गरिएका छन । राजनीतिक दलहरुको सफलता यस्ता महामारी कसरी ब्यबस्थापन गर्दछन भन्ने कुरामा भर पर्दछ । यस्ता विश्वब्यापी महामारीहरुले कहिलेकांही राजनीतिक सत्ता समेत उलट-पुलट परिदिन्छन ।

नेपालका राराजनीतिक दलहरुलाई पनि यो कोभिड(१९ सत्तामा स्थापित भै रहने वा आफ्नो शाख बलियो पार्ने वा शाख गुमाउने माध्यम हुन सक्छ । तसर्थ वर्तमान सरकारलाई कोभिड-१९ को ब्यबस्थापन एक कठिन चुनौती हो ।

स्वास्थ्य क्षेत्रमा प्रभाव

स्वास्थ्य क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र भै हाल्यो ।  कोरोनाको कारणले मानिसको मृत्यु हुने, बिरामी पर्ने गरेको छ । हालसम्म विश्वमा यस रोगको कारणले कुल 6, 374, 287 जना भन्दा बढी मानिस हरु संक्रमित र 3, 77, 607 जना भन्दा बढी मानिस हरुको मृत्यु भएको छ । आफ्नो घर परिवार का सदस्यहरु बिरामी पर्दा, मृत्यु हुँदा स्वभाबिकै रुपमा मानसिका तनाव सिर्जना हुन्छ ।

यस बाहेक  मानिस क्वारेन्टाइन र आइसोलेसनमा बस्दा दिक्दारी लाग्ने, रिस उठ्ने, चिट-चिट पसिना आउने जस्ता समस्याहरु पनि आएको पाइन्छ ।

यसले मुलत मानव स्वास्थ्यलाई नकरात्मक प्रभाव पारी उत्पादकत्व घटाउछ । तर यस्तो समयमा पनि सर्वजनिका एवम निजी सवै प्रकारका अस्पतालहरुले कोरोना रोगको डरले बिरामिहरुलाई सेवा दिन छाडेको सुन्नमा आएको छ ।

मानसिक प्रभाव

कोरोना भाइरसको विश्वव्यापी महामारी हुँदैगर्दा मानिसमा चिन्ता तथा आत्तिने समस्या देखा पर्ने क्रम पनि बढ्दै गइरहेको छ। चिन्ताका कारण जनमानसमा यसको संक्रमणबाट कसरी बच्ने भन्ने सोचहरु आउनु स्वभाविक नै हो। यस्ता सोच, चिन्ता तथा तनाव बढ्दै गएर मानसिक रोगको विकास हुन नदिन यस्ता उपाय अपनाउनु पर्छ।

कोरोना भाइरससँग सम्बन्धित चिन्ता रोगका लक्षण
–    बारम्बार किटाणु तथा संक्रमणको सोचाइ आउनुका साथै मन चिन्तित तथा व्याकुल रहने।
–    यसै सोचाइका कारण आफ्नो दैनिक कार्य सम्पादनमा असर पर्नु।ण्
–    धेरै समय यिनै सोचाइमा व्यस्त रहने (१ घन्टा वा बढी समय) वा आफ्नो प्रायः समय किटाणु संक्रमणबाट बच्ने उपायहरुतिर व्यस्त रहने (धेरै पटक हात धुने, बारम्बार सरसफाइ गरिरहने, इत्यादि)।

तनाव व्यवस्थापन गर्ने उपाय
–    रोगको लक्षण तथा अन्य जानकारी पाउन भरपर्दो तथा भरोसायोग्य लेख, समाचार वा कुनै संगठनको लेख (विश्व स्वास्थ्य संगठन) र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) हेर्ने।

–    इन्टरनेट वा सामाजिक सञ्जाल अत्यधिक मात्रामा नचलाउने वा यस्तो कुरामा आफ्नो समय कटौती गर्ने। यसरी सामाजिक सञ्जालमा देखिने भ्रामक समाचार ( अनावश्यक कोरोना संक्रमित तथ्यांकहरु वा आफ्नो ठाउँ वरिपरि फैलिएका झुठो समाचार) हरुले जनमानसमा झन् चिन्ता तथा तनाव बढाउने गर्छ।

–    आफ्नो हेरचाह स्वयं गर्ने। (आफ्नो स्वयं तालिका निर्धारण गर्ने, नियमित व्यायाम गर्ने, निद्रा तथा खानपिनमा ध्यान दिने, भीडबाट टाढा रहने तर अरुबाट अलग र एक्लिएर नबस्ने)

–    यदि चिन्ताको समस्या बढ्दै गएमा वा आफ्नो दैनिक कार्यमा असर पर्दै गएमा नजिकको मानसिक स्वास्थ विज्ञसँग परामर्श लिनुपर्छ।

आर्थिक प्रभाव

आर्थिक क्षेत्र कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । यसले विश्वमा नै आर्थिक महामन्दी ल्याउने अनुमान गरिएको छ । आर्थिक विश्लेषकहरुले महामारीपछि सृजना हुने आर्थिक मन्दीले संसारलाई कति प्रभावित पार्दछ भन्ने कुरा पूर्वानुमान गर्न कठिन भएको बताउँदै आएका छन्।

केही पश्चिमा अर्थशास्त्रीले यो शताब्दीकै ठूलो मन्दीको सामना गर्नुपर्ने जोखिम हुनसक्ने वताउन थालेका छन । संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास हेर्ने निकाय (युएनसिटिएडी) का अनुसार यस वर्ष कोभिड-१९ महामारीले विश्व अर्थतन्त्रमा २ प्रतिशत सुस्ती ल्याउने परिकल्पना गरिएको छ ।

त्यसको लागत करीव १० खर्ब डलर पर्ने देखिन्छ । विश्वका साना वा ठुला सबै रास्ट्रहरुले क्वारेन्टाइनको नीति अवलम्वन गरेकाले सबै आर्थीक कृयाकलापहरु ठप्प भएका छन । यसले गर्दा बस्तुको उत्पादन र माग सिर्जना हुन सकेको छैन । यसले विश्वको वित्तिय बजारलाई समेत धराशायी बनाएको छ ।

सन १९८७ पछी यो बजार सुचांक सबै भन्दा तल झरेको छ । यसले Stock, Bond र Commodity  बजारलाई नराम्रो संग क्षत-विक्षत बनाएको छ । विश्वका प्रायस् जसो सबै मुलुकमा हेर्ने हो भने कोरोनाका कारणले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने अनुमान गरिएको छ ।

केहि अर्थशाश्त्रीहरुले यो पनि अनुमान गरेका छन कि चीनको अर्थब्यबस्था सन १९७० पछी पहिलो पटक संकुचित हुँदैछ । भारतका पुर्व विदेस मन्त्री यशवन्त सिंहले भारतको कुल गार्हस्थ्य उत्पादन १५ ले घट्ने आंकलन गरेका छन ।  फलस्वरुप उनले आर्थीक बृद्दी २५ ले घट्ने आंकलन गरेका छन ।

नेपालमा पनि १–२ प्रतिशतले आर्थीक बृद्दी घट्ने अनुमान गरिएको छ । छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशतले र जोखिम अवधि लामै भयो भने २ प्रतिशत सम्मले आर्थीक बृद्दी घट्ने प्रारम्भिक अनुमान गरिएको छ । तर यो कुरा जोखिमको मात्रामा भर पर्दछ ।   कोभिड-१९ बाट नेपालको अर्थब्यबस्था तहसनहस भई सकेको अवस्था हो । बस्तु उत्पादन गर्ने र आम्दानी सिर्जना गर्ने सबै क्षेत्रहरु ठप्प छन । पर्यटन क्षेत्र डामाडोला भयो ।

अन्तराष्ट्रिय उडान बन्द भएका छन । नेपाल भ्रमण वर्ष स्थगित भएको छ । विदेश एवम श्वदेशमा कल-कारखाना बन्द भएकाले रोजगारी पनि गुमेको छ । यसले गर्दा गुणांकीय प्रभाव मार्फत अर्थतन्त्र लाई थप तहस नहस पार्दछ ।

धार्मिक प्रभाव

धार्मिक क्षेत्र पनि कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को क्षेत्र हो । यसको कारणले विभिन्न चर्चहरु, मदरसाहरु, मठ – मन्दिरहरु, गुम्वाहरु बन्द गरिएका छन । धार्मिका यात्रा हरुमा रोक लगाइएको छ । फलस्वरुप सवै धर्ममा विश्वास राख्ने मानिसहरुको आत्मिक शान्तिमा बाधा उत्पन्न भएको छ । नेपालको पशुपतीनाथको प्रांगणमा हुने आरती पुजामा रोक लगाइएको छ । २५ जना भन्दा बढी मलामी जान बन्देज लगाइएको छ ।  ठुलो भिड हुने गरी भोज भतेर गर्न समेत बन्देज लगाइएको छ ।

अबको बाटो

यस्तो अवस्थामा पुंजिवादी मान्यता अनुसार विश्व अथर्तन्त्रलाई धराशायी हुनबाट जोगाउन सरकारहरूलाई खर्च बढाउन सुझाब दिएको छ । खर्च बढाउने संयन्त्र के हो त ? यो संयन्त्र   मौद्रीक र वित्तिय नीति हो ।  यस्तो अवस्थामा मौद्रीक नीति सहयोगी हुनु पर्दछ । केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गर्नु पर्दछ ।

अर्थतन्त्रलाई गति दिन संसारभरिकै केन्द्रीय बैंकहरू ब्याजदर घटाउँदै छन् । यसो गर्दा अर्थतन्त्रमा लगानी बढ्ने विश्वास गरिन्छ ।  यस्तो ब्याजदर कटौतीको मुख्य उद्देश्य नै बजारमा पर्याप्त मात्रामा पुँजी प्रवाह होस् भन्ने हो । चीन, भारत, नेपाल लगायत अन्य देशहरुले मौद्रीक नीतिको यस औजार लाई प्रयोग गरेको पाइन्छ । जस अन्तर्गत रिपो र रिभर्स रिपोका दरहरुमा परिवर्तन गरिएको छ ।वित्तिय नीति केन्द्रीय बैंकहरूले ब्याज दर घटाएको अवस्थामा वित्तिय नीतिले बढी प्रभावकारी रुपमा काम गर्न सक्छ । यस अन्तरगत सरकारले Discretionary Fiscal Policy र Quasi Fiscal Measures अपनाइ अर्थतन्त्रलाई चलायमान बनाउनु पर्दछ । जस अन्तरगत आवस्यक ठानिएको वर्गलाई नगद प्रवाह र लगानी मैत्री नीति पर्दछन ।

समन्वयकारी नीति 

यस अन्तरगत सरकारले सरकारले स्वदेशी र विदेशी सबै समुदाय संग सहयोग आदान प्रदान गर्नु पर्दछ । यस्तो महामारी नियन्त्रण गर्न कुन कुन रास्ट्रले कस्तो अनुभव लिएका छन त्यसलाई पनि प्रयोग गर्नु पर्दछ  ।

उपसंहार

यी परम्परागत किसिमका पुजिवादी उपायहरुले अल्पकालिन रुपमा समस्याको समाधान त दिन्छन तर दिर्घकालिन रुपमा समस्या समाधान गर्न सक्तैनन । किनभने पुजिवादी अर्थब्यबस्था सदैब नाफाकोलागी काम गरिन्छ । त्यहाँ सरकारका सबै निकायहरु एवम नीजि क्षेत्र नाफाको लागि काम गर्दछन ।नाफाले नै यस्ता महामारी निम्त्याउछ । पुजिवादी अर्थब्यबस्थामा यस्ता महामारी किन दोहोरीरहेका छन ? यसको खोजी हुनु पर्दछ । तर यो कुरा सरकारको इच्छा शक्तिमा भर पर्दछ ।
                          महेश भट्ट
                      सु. प. बिश्वविद्यालय केन्द्रिय   क्याम्पस
                          इन्जिनियरिङ्ग संकाय
                                     B.E. Civil