फेरि थपिए २१३, कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८

काठमाडौँ — नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटा । योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।