बेलडाँडीमा थप १२ जनामा आरडीटी पोजेटीभ देखियो

रमेश प्रसाद भट्ट /कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउपालिकामा थप १२ जनामा आरडिटी पोजेटिभ देखिएको छ । आईतबार बेलडाँडी गाउपालिका वडा नम्बर -२ मा रहेको सिहपाल प्रा.वि.को क्वारेन्टीनमा रहेका १४ दिन पुरा भएका ३२ जनामा चेक गर्दा १२ जनामा आरडिटि पोजेटिभ रिपार्ट आएको बेलडाँडी गाउपालिकाका स्वास्थ्य संयोजक माधवानन्द भट्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । आरडिटि पोजेटीभ हुनेमा सबै १२ जना पुरुष रहेको समेत स्वास्थ्य संयोजक भट्टले बताए ।

उहाँका अनुसार अन्य बाकि रहेकाहरुको चेक भने १४ दिन पुरा हुने वितिकै गरिने समेत बताए । उक्त विद्यालयको क्वारेन्टीनमा बस्नेहरु मध्ये हाल सम्म ३२ जनाको मात्र १४ दिन पुरा भएकाले तिनीहरुमा आरडिटि चेक गरीएको बताए । यि सबैको केहि दिन पछि पिसिआर चेक गरीने समेत स्वस्थ्य संयोजक भट्टले जानकारी दिनु भयो ।

अहिले ति आरडिटि पोजेटीभ देखिएका व्यक्तिहरु सोहि विद्यालयमा बसिरहेका छन् । यस अघि अघि १२ जनामा आरडीटि पोजेटिभ देखिएको थियो । यो संगै बेलडाँडी गाउपालिका भरीमा हाल सम्म आरडिटि पोजेटिभ हुनेको संख्या २४  जना रहेको छ ।