कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण

कञ्चनपुर- सुदूरपश्चिममा आइतवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

आइतवार संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढि कैलालीका २९, डोटीका ५, कञ्चनपुरका ३, बाजुरा, बैतडी र डडेल्धुराका २/२ जना छन् ।

कैलालीको धनगढी उप–महानगरपालिकाका ३ महिला, १५ पुरुष, गोदावरी नगरपालिकाका ३ महिला, ५ पुरुष, टीकापुर नगरपालिकाका एक पुरुष, मोहन्याल गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका एक महिला, बेलौरी नगरपालिकाका एक पुरुष, पुनर्वास नगरपालिकाका एक पुरुष, बाजुराका एक महिला, एक पुरुष छन् ।

यस्तै बैतडीको सिगास गाउँपालिकाका २ पुरुष, डोटीको पुर्वीचौकी गाउँपालिकाका एक पुरुष, शिखर नगरपालिकाका एक महिला, ३ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।