पुनर्वासमा टिपरको ठक्करबाट स्थानीय एक जनाको मृत्यु, टिपरमा आगजनी

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  कञ्चनपुरको पुनर्वासमा पानी बोक्ने टिपरको ठक्करबाट स्थानीय एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान करिब ११ बजेको समयमा पानी बोक्न प्रयोग गरिने टिपरको ठक्करबाट से ६ प ६४२६ नम्बरको मोटरसाईकलमा सवार स्थानीय करिब २५ बर्षिया लोकेन्द्र सिह ठकुरीको मृत्यु भएको हो ।

पानी बोक्न प्रयोग गरिने दुई वटा से १ क १७४ र बा १ क ९७८४ नम्बरको टिपर मध्ये एक टिपरले ठक्कर दिदा ठकुरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । उहाँ अनुसार दुई वटै टिपरका चालक परार रहेका छन । अहिले ठक्कर दिने दुवै पानी बाक्ने टिपरलाई स्थानीयहरुले पुर्ण रुपमा आगजनी गरेका छन् ।

प्रहरी निरिक्षक सिहका अनुसार फरार चालकको खोजी कार्य भईरहेको जनाएका छन् । भने कुन टिपरको ठक्करबाट मृत्यु भएको हो, भन्नेबारे पनी घटनाको अनुसन्धान भईरहेको बताए । अहिले मृतकको शव घटना स्थलमानै रहेको छ । आक्रोशित स्थानीयहरुद्धारा दोषिलाई तुरुन्त पक्राउको माग सहित टिपर आतंक बन्दको माग राख्दै विरोध प्रर्दशन गरीरहेका छन् । अहिले घटना स्थल निकै तनावपुर्ण रहेको जनाईएको छ ।