बेलडाँडीमा विभिन्न पार्टी परित्याग गरि ५० जना काग्रेस प्रवेश

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् । मंगलबार बेलडाँडीमा नेपाली काग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी  परित्याग गरी ५० जना युवा काँग्रेस प्रवेश गरेको ट्रेड युवा सुदूर पश्चिम प्रदेश अध्यक्ष कुलै राज उपाध्यायले जानकारी दिनु भयो ।

बेलडाँडी गाउ सभापति हर्क देब जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिवान सिह विष्ट रहनु भएको थियो । भने अतिथिहरुमा नेपाली काग्रेस जिल्ला सदस्य जनक सिह धामि, हरिचन्द्र राना हरेन्द्र सिह विष्ट, गोपि प्रसाद उपाध्याय लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य दिवान सिह विष्टले अहिलेको काग्रेस नयाँ नितिका साथ अघि बढि रहेको भन्दै सबै जात, जाति, बर्ग, धर्म सबैको हितका लागि नेपाली काँग्रेसले आवाज उठाउदै आएको बताए । उहाँले अबको निर्वाचनमा काँगेस पार्टी देशकै पहिलो पार्टी बन्ने समेत धारण राखे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गदै जिल्ला सदस्य जनक सिह धामिले भने पार्टी बलियो बनाउन सबै नेता तथा कार्यकर्ताको उतिकै भुमिका भएकाले सबै युवा देखि वृद्ध सम्मकाहरुको भावना बमोजिम पार्टी अगाडी बढीरहेको र अघि बढने धारण राखे । उहाँले भने अहिले जनाताले यो सरकालाई बुझि सकेको बताउदै अब देशमा काँग्रेस पार्टीको विकल्पमा कोहि नभएको भनाई राख्नु भयो । पार्टी प्रवेश हुने सबैलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य विष्टले दोसल्ला सहित टिका लगाएर पार्टी पवेश गराएका थिए ।

यसरी पछिल्लो समय क्षेत्र नम्बर १ का पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी,लगायतका ठाउहरुमा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली काग्रेस प्रवेश गरी सकेका छन । यसरी काँग्रेसले पार्टी प्रवेशको कार्यक्रमलाई जारी राखिने नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।