नेपाल दलित समाज कल्याण संघ (NNDSWO) कञ्चनपुरद्धारा राहात वितरण

कञ्चनपुर- नेपाल दलित समाज कल्याण संघ कञ्चनपुरले कोभिड १९ बाट प्रभाविता दलित दलित तथा विपन्न परिवारलाई राहात वितरण गरेको छ । शुक्रबार भिमदत्त नगरपालिका -४ बाजारमा एक कार्यक्रमका माझ प्रताम राम लोहारको स्मृति दिवसको अवसर पारी कोभिड -१९ का कारण मार्कामा परेका १५ जना दलित तथा  विपन्न परिवारलाई राहात वितरण गरेको हो । भिमदत्त नगरपालिका भित्रका १५ जना दलित तथा विपन्न परिवारलाई राहात सामाग्री वितरण गरेको संस्थाका कञ्चनपुर प्रमुख दिलराम टमटाले बताउनु भयो ।

राहात सामाग्रीमा २५ किलो चामल, दाल, तेल, नुन लगायत वितरण गरिएको थियो । नेपाल दलित समाज कल्याण संघ कञ्चनपुका प्रमुख दिलराम टमटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रिय सदस्य रविन्द्र सुनार रहनु भएको थियो । यसरी यस संस्थाले कञ्चनपुर जिल्ला भरी विभिन्न चरणमा पिर मार्कामा परेकाहरुलाई राहात सामाग्री वितरण गदै आईरहेको छ ।

सोहि कार्यक्रम अन्तरगत शुक्रबार पनि राहात समाग्री वितरण गरीएको संस्थाले जनाएको छ ।यस संस्थाले विशेष गरेर दलित समुदायको हक हितका विषयमा आवजा उठाउनुका साथै सहयोग तथा उद्धारका कार्यहरु गदै आईरहेको छ ।