सर्लाहीमा भाेलिदेखि ७ दिनका लागि निषेधाज्ञा

सर्लाही – कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले साेमबारदेखि आउँदो ३२ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्न सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालयले निषाेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन भनेको छ ।