पत्रकार महताको गजल :अब कलम हैन पत्रकारले पनि बन्दुक बाेक्नु पर्दछ

कञ्चनपुर-  सुदूरपश्चिमका चर्चित पत्रकार ज्ञानेन्द्र महताले अहिलकोे पत्रकारीता र देशको अवस्थाको  विषयमा गजल लेख्नु भएको छ । पछिल्लो समय देशमा चरम भ्रष्टाचार र पत्रकारको पेशाको आवश्यकताको विषयलाई दर्शाएर गजल लेख्नु भएको हो ।
पत्रकार महता रेडियोहरुको छाता संगठन ब्रोकाष्टिंग एसोसियसन अफ नेपालका सुदूरपश्चिम संयोजक, कञ्चनपुरमा सञ्चलनमा रहेका रेडियो राष्ट्यि, रेडियो झिलमिला र सामुदायिक रेडियो जनबोलीका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ । उहाँले अहिलेको समय सुहाउदो रुपमा गजल कोर्नु भएको छ ।
अब कलम हैन पत्रकारले पनि बन्दुक बाेक्नु पर्दछ ।
भ्रष्टाचारी,घुसखाेरी र देशलुट्ने देश द्राेहिकाे छातिमा ठाेक्नु पर्दछ।।
नालापानि,कालापानिमा भएकाे सिमा अतिक्रमण राेक्नु पर्दछ ।
सिमा मिच्ने बैरी किल्ला किल्लामा गएर बन्दुक ठाेक्नु पर्दछ ।।
नतालाई सासक बनाउछु भन्नेले जनताकाे साेषण गरेपछि ।
शाेषकले जनताकाे सासक बन्ने सपना मारेपछि ।।
कलम बाेक्ने हातले बन्दुक बाेक्नै पर्ने भयाे ।
देश बर्वाद अनि तहसनहस गर्नेलाई ठाेक्नै पर्ने भयाे ।।।
लेख्दा लेख्दै कयाै कलमहरू भाच्ने प्रयत्न गरियाे ।
कलमलाई गुमराहमा राखि झुटलाई सत्य सावित गर्ने प्रयत्न गरियाे ।।
बाेल्दा बाेल्दै कैयाै कलमजिविहरूका अावाज सदाका लागि बन्द गरियाे ।
नत सास नत लास धैत कस्ताे अन्याय कलमजीविका परिवारलाई विचल्लिमा पारियाे ।।
धैत.. त्यसैले त अब झाेक चल्दैछ।
राष्ट्र  र राष्ट्रियताकाे मायाले छाति दनदनी पाेल्दैछ ।।
त्यसैले त अब साेच्दैछु कलम हैन बन्दुक बाेक्नु पर्छ ।
देश सखाप अनि बर्वाद पार्ने बैरीकाे छातिमा ठाेक्नु पर्दछ ।
                                                                                     पत्रकार ज्ञानेन्द्र महता
कञ्चनपुर