बेलडाँडी: किशोरी माथि सामुहिक बलत्कारको आरोमा एक जना पक्राउ, अन्यको खोजी हुदै

रमेश प्रसाद भट्ट/कञचनपुर- कञ्चनपुरको दक्षिणि भेग बेलडाँडी गाउपालिकामा एक किशोरीमाथि भएको सामुहिक बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाडी गाउपालिका वडा नम्बर -२ ढकनिया बस्ने बर्ष २८ का मनमोहन सिह साउद रहेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिहले जानकारी दिनु भयो । अन्य फरार रहेको र तिनिहरुको तिब्र रुपमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बेलडाँडी गाउपालिका वडा नम्बर २ मामा घरमा आएकी १६ बर्षिया एक किशोरीलाई ५ दिन सम्म सामुहिक रुपमा पाँच जना युवाले बलत्कार गरेको पिडित किशोरीले प्रहरी समक्षको बयानमा बताकी छिन् ।

यहि भाद्र १४ गतेका दिन ति बालिका सुरज साउद संग मामा घरबाट हिडेकी १६ वर्षिया बालिकामाथि स्थानीय सुरज साउँद, मनमोहन साउँद, मनोज बिष्ट र दिपक भट्ट र एकजाना नाम नखुलेका व्यक्ति गरी पाँच जनाले सामूहिक रुपमा बलात्कार गरेको आरोप बालिकाले लगाएकी छिन् । उनीहरुको नाममा ईलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिइएको छ ।

मामा घरबाट सुरज साउद संग निस्केकी ति बालिका घर नआएपछि मामाले १९ गते राति साढे १० बजे ईलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यस पश्चात प्रहरीले उजुरीको आधारमा सुरज साउँदलाई पक्राउ गरी खोजविन गर्दा सोहि राति ११ बजे मनमोहन सिह साउद संग बेलडाँडी गाउपालिका वडा नम्बर ३ मा रहेको एक आरामिलबाट पक्राउ गरी ल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिहले बताउनु भयो ।

अहिले किटानी जाहेरी आएकाले घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाक्षेत्रीले बताउनु भयो । उहाँका अनुसार घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भईरहेकाले जति सक्दो चाडो दोषिहरु पक्राउ गरी कानुनी दायरामा ल्याईने बताउनु भयो ।

पक्राउ गरी ईलाका प्रहरी कार्यलयमा ल्याई सके पश्चात २० गते विहान ति बालिकाका मामा, महिला सञ्जाल बेलडाँडीका अध्यक्ष शान्ती नाथ, रत्ना वि.क., भागरथी शाही, सरस्वती शाही, बालघरी देबी सुनार, बेलडाँडीका गापा वडा नम्बर १ का अध्यक्ष अमर बहादुर खत्री, वडा नम्बर २ का अध्यक्ष प्रेमराज खाती, प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिह लगायतले अलग -अलग रुपमा सोधपुछ गर्दा ति बालिकाले आफुलाई कसैले केहि नगरेको साथै मामाले एउटा केटा खोजेको र टिका लगाई विवाहा गरीदिन लागेपछि दिदिको घर पुर्यादिन सुरजलाई आग्रह गरेको बयान दिएको महिला सञ्जाल बेलडाँडी अध्यक्ष शान्ति नाथले बताईन ।

त्यसपछि पटक पटक ति बालिकालाई प्रहरीले सोधपुछ गर्दा समेत त्योदिन आफुलाई कसैले केहि नगरेको बालिकाले बताएपछि मामा , रत्ना वि.क., सरस्वती शाही, बालघरी देवी सुनारको रहोबरमा ईप्रका बेलडाँडीबाट कागज गरी बुझि घर लगेका थिए । दुई दिन पछि २२ गते फेरी बलत्कार गरेको भनी पिडित बालिकाले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा जाहेरी दिएका थिए ।

बालिकाका आफन्तले साउँदले बोलाएपछि उनी सहित अन्यले नशालु पदार्थ सेवन गराई पाँच दिन सम्म सामूहिक बलात्कार गरेको आरोप लगाएका छन् । उनीहरुले प्रहरी जवान रोहित रोकाया माथि पनी अनुसन्धान गर्न माग गरेका छन् । रोकाया ईलाका प्रहरी कार्यालय बेलडाँडीमा कार्यरत हुन । बालिका खोज तलासको क्रममा प्रहरी जाँदा सोही टोलीमा रहेका रोकायाले मनमोहन सिह साउदलाई हामि आउदै छौ त भाग भनेर मेसेज समेत गरेको स्रोतले बताएको छ । यिनको पनी संलग्नता रहन सक्ने आशंका समेत गरीएको छ ।

सामुहिक बलात्कारको सिकार भएकी युवतीको मेडिकल चेकजाँच पछि सेफ हाउसमा राखिएको बताइएको छ ।

यस घटनाको सत्य तथ्य छानविन गरी दोषि उपर कानुन बमोजिम कार्वाही गर्न नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेश सह ईन्चार्ज दान बहादुर सुनार, नेपाल दलित संघ कञ्चनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यवाहक सभापति किसन नेपाली, बेलडाडी दलित हकहित सञ्जालका संयोजक दिनेश सुनार, बुद्धिजीवि गणेश सुनार लगायतले त्यसमा संलग्न सबैलाई कारवाहीको माग गरेका छन् ।