बेलडाँडी : प्रहरी जवान रोकाया सहित स्थानिय ६ जनाद्धारा बालिका माथि सामुहिक बलत्कार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउपालिका वडा नम्बर -२ मामा घर आएकी बर्ष १४ की एक दलित बालिकालाई ईलाका प्रहरी कार्यलय बेलडाँडीमा कार्यरत एक जना प्रहरी जवान रोहित रोकाया सहित स्थानिय ६ जनाद्धारा सामुहिक बलत्कार गरेको पिडित बालिकाले बताएकी छिन् । यहि भाद्र १४ गते देखि १९ गते राति सम्म नशालु पदार्थ सेवन गर्न लगाई बन्धक बनाई प्रहरी जवान रोकाया सहित ६ जनाले आफुलाई सामुहिक बलत्कार गरेको प्रहरीलाई दिएको जाहेरीमा पिडित बालिकाले बताएकी हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको किटानी जाहेरीमा ईलाका प्रहरी कार्यालय बेलडाँडीमा कार्यरत प्रहरी जवान बर्ष ३२ का रोहित रोकाया, बेलडाँडी गाउँपालिका- २ बस्ने बर्ष २१ का सुरज साउद, बर्ष ३५ का दिपक भट्ट, बर्ष २८ को मनमोहन साउद, बर्ष २३ को मनोज भट्ट, र एक जनाको नाम थाहा नभएको पिडित बालिकाले दीएको जाहेरीमा भनेकी छिन् ।

१४ गते विहान करिब ७ बजेतिर तिमि संग विवाह गर्छु भनी ललाई फकाई गरी स्थानीय सुरज साउँदले बैवाहाको खोला किनारमा बोलाएको त्यहा भेटघाट गरेको र त्यस पश्चात घुमाउन लग्छु भनी चवन्नी बजारमा रहेको दिपक भट्टको कस्मेटीक पसलको कोठामा बन्धक बनाएर बलात्कार गरेको पिडित बालिकाले बताएकी छन्। सुरज साउदले हजमोला हो खाउ भनेर आफुलाई नशालु पदार्थ खुवाएर पालै पालो बलत्कार गरेको समेत उनले बताईन ।

खोजतलास गरिपाउ भनी पिडित बालिकाका मामाले दिएको निवेदनका आधारमा १९ गते राति ११ बजे मनमोहन साउद संग बेलडाँडी गाउपालिका ३ मा रहेको एक आरामीलबाट पक्राउ गरी ल्याएको ईलाका प्रहरी कार्यलय बेलडाँडीका प्रमुख राजेन्द्र बहादुर सिहले बताए । त्यस पछि २० विहान पिडित बालिकाका अभिभावक आएका थिए ।ईलाका प्रहरी कार्यालयमा आफुले सहि बयान दिए मलाई ज्यान मार्ने धम्की आएका कारण घटनाकोबारे डराएर नभनेको पिडित बालिकाले बताएकी छिन।

घटनाबारे थप अनुसन्धान भईरहेको र दोषिलाई पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो । मंगलबार पक्राउ परेका एक जना मनमोहन सिह साउदले आफुले सहमतिमै बालिका संग यौन सम्पर्क गरेको प्रहरी समक्ष स्वीकार गरी सकेका छन् ।

पिडित बालिकाले दिएको जाहेरी दर्ता गरी अहिले सम्म रोहित रोकाया र मनमोहन सिह साउद गरी दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको  प्रहरी नायव उपरिक्षक  थापा क्षेत्रीले बताउनु भयो । भने अन्य अहिले सम्म फरार रहेको र तिनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस्तो जघन्य अपराधको घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै दलित हकहधिकार संजालहरुले व्यापक माग गरेका छन् । दलित भएकै कारण यस्तो घटना हुन पुगेको दलित अधिकारकर्मीहरुको भनाई रहेको छ ।