शुक्लाफाँटाबाट चोरी भएको सरकारी मोटरसाईकल सहित बेलडाँडीका दुई जना पक्राउ

रमेश प्रसाद भट्ट/बेलडाँडी- शुक्लाफाँटा नगरपालिका वडा नम्बर एकका सदस्य एवं न्यायिक समिति सदस्य उत्तरदेव भट्टको घरको बरण्डाबाट चोरी भएको सरकारी मोटरसाईकल सहित चोरीमा संलग्न बेलडाँडीका दूई जनालाई बेलडाँडी प्रहरीले पक्राउ गरेको छ ।

यहि भाद्र २८ गते राति आफ्नै घरको बरन्डामा राखेको अवस्थामा शुक्लाफाँटँ नगरपालिकाको नाममा रहेको सरकारी अनटेस्ट एन.एस. १५० सिसिकोे पल्सर मोटरसाईकल सहित मंलगबार बेलडाँडी प्रहरीले चोरीमा संलग्न बेलडाँडी गाउपालिका वडा नम्बर १ का १९ बर्षिया नरेन्द्र बम र सोहि स्थानका बर्ष १९ का सुरेन्द्र रावललाई ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो ।

मोटर साईकल चोरी भएको सुचना पाए लगतै बेलडाँडीमा नयाँ मोटरसाईकल आएको छ भन्ने सुचनाको, आधारमा खोजतलास गर्दा ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिहको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले बेलडाँडी वडा नम्बर ३ खैरिघाटबाट मोटरसाईकल सहित वम र रावललाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । उहाँका अनुसार चोरीमा संलग्नबारे थप अनुसन्धान भईरहेको बताउदै अन्य चोरहरुलाई पनी पक्राउ गरी कानुनी कार्वाही गरिने बताए ।

असार ३० गते खरिद भएको सो नम्बरनै नपरेको अनटेस्ट सरकारी मोटरसाईकल राति सुतेको समयमा शुक्लाफाँटा वडा नम्बर ११ अमरपुर स्थित आफ्नै घरको बरण्डाबाट चोरी भएको न्ययिक समिति सदस्य भट्टले बताए । उनले भने “शुक्लाफाँटा देखी बेलडाँडी सम्म चोरहरुको सञ्जालनै रहेको र त्यसरी चोरी भएको मोटरसाईकल सहित त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेकोमा आफु खुसि भएको बताए ।”

पछिल्लो समयमा बेलडाँडीमा चोरहरुको विगविगी भएको पाईएको छ । स्रोतका अनुसार बेलडाँडी र अन्य ठाँउका चोरहरु वीच एक च्यानलनै रहेको र बेलडाँडीबाट चोरी गरेका समान बाहिर पठाउने र अन्य ठाँउका चोरी भएका समान बेलडाँडीमा किनबेच गर्ने गरेका छन् ।