कञ्चनपुरका एक प्रहरी इन्स्पेक्टरमा कोरोना संक्रमण

कञ्चनपुर-कञ्चनपुरमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा कोरोना संक्रमण पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

कोरोना संक्रमण पुष्टि पछि प्रहरी निरीक्षक बिष्ट ‘होम आइसोलेसन’मा बसेका छन् । उनमा कुनै लक्षण भने देखिएका छैनन् । बिष्ट एक साता अगाडि मात्रै नवलपरासीबाट सरुवा भएर ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा आएका थिए ।