हैदराबादलाई ३४ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ ।  मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । हैदरावादको लागि डेभिड वार्नरले ६० रन बनाए पनि जितको लागि पर्याप्त भएन । मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई÷दुई विकेट लिए ।

यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनायो । उसका लागि क्विन्टन डी ककले ६७ रन बनाए ।

यो जितसँगै ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ । हैदराबाद चार अङ्कसहित छैठौँ स्थानमा छ । यसैबीच आइतबारकै दोस्रो खेलमा अहिले पञ्जाब र चेन्नई खेलिरहेका छन् ।