बेलडाँडी प्रहरीद्धारा ९२ हजार मुल्य बराबरको अबैध समान बरामद्

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  ईलाका प्रहरी कार्यालय बेलडाँडीले ९२ हजार मुल्य बराबरको अबैध समान बरामद बरामद् गरेको छ । भन्सार छली गरेर सिमावर्ती भारतीय बजारबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा विभिन्न्न मितिमा ९२ हजार बराबरको अबैध समान बरामद् गरेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक राजन्द्र बहादुर सिंहले कञ्चनपर खबरलाई जानकारी दिनु भयो । बरामद् गरीएका समानहरुलाई जिल्ला भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरी निरिक्षक सिहले बताए ।

उहाँका अनुसार बरामद् गरिनेमा बढी जसो हार्डवेयरका समानहरु, र खाध्यान्नका समानहरु बरामद् गरिको बताए । खुला सिमा नाकाका कारण लुकिछिपि चोरी तस्करी गरेर भातिय बजारबाट अबैध रुपमा समानहरु भित्रीने गरेकोमा पछिल्लो समयमा बेलडाँडी प्रहरीको सक्रियता बढे संगै तस्करी कार्यमा न्युनिकरण भएको छ । उनले भने ”पछिल्लो समयमा चोरी तस्करी लगायतका कार्यहरु देखिएपछि हामिले थप सुरक्षा सतर्ककता बढाएका छौ ।”  यस्तै चौविसै घण्टा शान्ति सुरक्षा कायम राख्न विशेष गस्ती समेत परिचालन गरिएको बताए ।

पछिल्लो समयमा बेलडाँडीको झिलमिलामा रहको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएपनि खासै सक्रिय नहुदा सिमामा हुने चोरी तस्करी कार्य भईरहेको स्थानीयहरुको आरोप रहेको छ । सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट झिलमिलाले सिमानाकामा हुने चोरी तस्करी लगायतको कार्यमा निकै कडा रुपमा लागि रहको बोर्डर आउटपोष्ट झिलमिलाका प्रमुख योगेन्द्र भण्डारीले बताउनु भयो । उहाँका अनुसार तस्करी हुन्छ भनेजस्तो साचो नभएको बताए ।