बेलौरी नगरपालिकाका ३ जना कर्मचारीमा कोरोना पुष्टि, एक साताका लागि अतिआवश्यक बाहेकका सेवा पुर्ण रुपमा बन्द

रमेश प्रसाद भट्ट/कञ्चनपुर – बेलौरी नगरपालिकामा कार्यरत ३ जना कर्मचारी र अन्य ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि आज शुक्रबार देखि लागु हुने गरी एक साता सम्मका लागि नगरपालिका र वडा कार्यालयहरु बाट प्रवाह हुने अति आवश्यक बाहेकका सम्पुर्ण सेवा अर्को सुचना जारी नभए सम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको नगरपालिकाका कोभिड -१९ फोकल पर्सन मान बहादुर चन्दले जानकारी दिनु भयो ।

संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरी जाँच गर्नु पर्ने भएकाले साथै थप संक्रमणको जोखिमबाट बच्नका लागि आज शुक्रबार देखि लागु हुने गरी यहि असोज २९ गते सम्मका लागि नगरपालिका र अन्तरगतका वडा कार्यालयहरुबाट हुने अति आवश्यक बाहेका सम्र्पुण सेवा प्रवाहमा पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको कोभिड- १९ फोकल पर्सन चन्दले बताउनु भयो ।

उहाँ भने ”अहिले महामारीको समय चलिरहेकाले सकभर सुरक्षित भएर सामाजिक दुरी कायम गदै सुरक्षित रहनु पर्ने बताए ।” ”कोरोना संक्रमण भयो भन्ने वितिकै आत्ती हाल्नु पर्ने अवस्था नभएकाले नगरपालिकाले समुदायमा थप फैलन नदिन कार्य गरी रहेको उहाँले भने ।”  केहि दिन अघि मात्र बैकं अफ काठमाडौ र बाणिज्य बैकंका केहि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।