नेपाली काँग्रेस समर्थक युवाहरु द्धारा बेलडाँडीमा रक्तदान गरिदै

रमेश प्रसाद भट्ट/ बेलडाँडी – ”रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ नेपाली काँग्रेस समर्थक युवाहरुद्धारा बेलडाँडीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार बेलडाँडीमा रहेको गुरुकुल एकेडेमीको प्राङगणमा काग्रेस समर्थक युवाहरुद्धारा र शुभचिन्तकहरुले नेपाल रेडक्रस सोसाईटीलाई रक्तदान गर्ने कार्यक्रमको आयोजना गरिएको काग्रेस युवा सचिन कठायतले जानकारी दिनु भयो ।

आज विहान १०: ३० बजे देखि रक्तदान कार्यक्रम शुरु भएको र अहिले रक्तदान गर्नेहरु सहभागि हुनेक्रम जारी रहेको उहाँले बताउनु भयो । सो कार्यक्रममा सबैभन्दा पहिला ६१ बर्षिया काग्रेस नेता गोपाल सिह गुरुङद्धारा रक्तदान गरि शुरुवात गरिएको हो ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य जनक सिह धामि, हरिचन्द्र राना, लगायत स्थानिय स्तरका नेता कार्यकर्ता र शुभईच्छुकद्धारा रक्तदान गरिने कार्यक्रम रहेको आयोजक नेपाली काग्रेस बेलडाँडीले जनाएको छ ।