कञ्चनपुरमा खोलामा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा खोलामा डुबेर पुरुषको मृत्यु भएको छ ।जिल्लाको शुँक्लाफाटा नगरपालिका वडा नम्बर ८ मा छहरी खोलामा डुबेर ५० वर्षीय कमलसिह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले आज बिहान घरबाट निस्केका ठगुन्नाको खोलामा डुबेर मृत्यु भएको जानकारी दिए ।उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।