एसियाली फुटबल महासङ्घद्वारा नेपाललाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको सदस्यता प्रदान

काठामाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको सदस्यता दिएको छ । ग्रामीण क्षेत्रमा फुटबलको विकासको लागि गरेको कामको कदर गरेर एएफसीले ग्रासरुट्स चार्टर ब्रोन्जको सदस्यता दिएको एन्फाले दाबी गरेको छ ।

नेपालले यो सदस्यता नेपाली फुटबल इतिहासमै पहिलो पटक पाएको एन्फाले जनाएको छ । यो सदस्यतापछि नेपालको फुटबल क्षेत्रको विकासमा काम गर्न थप उत्साह प्राप्त भएको एन्फाका प्रवक्ता किरण राईले बताउनुभएको छ ।