कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।