आवश्यकता विपरित शिक्षक भर्ना गर्न खोजेको भन्दै रौलेश्वर माविका शिक्षकहरुद्धारा आपत्ती, ७ दिने विज्ञापन रद्ध गर्न प्रेष विज्ञप्ती मार्फत माग

रमेश प्रसाद भट्ट/ कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर -२ मा रहेको रौलेश्वर माध्यामिक विद्यालयमा आवश्यकता विपरित निजि शिक्षक भर्ना गर्न खोजेको भन्दै शिक्षकहरुले विरोध जनाउदै आपत्ती प्रकट गरेका छन् । विहिबार विद्यालयका शिक्षकहरुले एक सयुंक्त प्रेष विज्ञप्ती जारी गदै विव्यसले निकालेको शिक्षा विषयको ७ दिने विज्ञापन विद्यालयको आवश्यकता विपरित खोलिएको भन्दै रद्ध गर्न माग गरेका हुन ।

उनीहरुले विद्यालयमा उपलब्ध जनशक्तिको पहिचान नगरी र शिक्षक स्टापहरु संग समेत समन्वय नगरी विज्ञापन गरिएको, शिक्षा दरबन्दीलाई सामाजिक दरबन्दीमा रुपान्तरण गरी पुन शिक्षा विषयकै विज्ञापन गरिएको लगायतका विषय उठाउदै  प्रेष विज्ञीप्ती मार्फत विज्ञापन रद्ध गर्न माग राखेको एक शिक्षक जयलाल भट्टले बताउनु भयो ।

अर्का शिक्षक केशब साउदले भने यसरी जबरजस्ती रुपमा पेलेर गरीएको कार्यले विद्यालयको हितमा नहुने बताए । यसरी स्कुलमा कम्प्युटर शिक्षक र पुस्तकालयका कर्मचारीको पदपुर्ति हुन नसकेको अवस्थामा यसरी जान खाजेको भन्दै अपत्ती जनाए । प्र.अ.ले समेत स्टापहरुका विषयमा कुनै समन्वय नगरी अगाडी गएको आरोप लगाएका छन् ।

यहि असोज २३ गते अस्थाई विद्यालय व्यवस्थापन समितिले एक जना शिक्षक निजि स्रोतबाट तलब भत्ता पाउने गरी ७ दिने शिक्षा विषयको विज्ञापन आव्हान गरेको विद्यायलका अस्थाई व्यवस्थापन समिति अध्यक्ष एवं बेलडाँडी गाउँपालिका वडा नम्बर- २ का वडा अध्यक्ष प्रेमराज खातीले बताउनु भयो ।

उहाँका अनुसार विद्यालयको अवस्था अनुसार र केहि शिक्षकले खाली तलब खाने र आफुले नपढाउने धम्की दिएपछि आवश्यकता अनुसार विज्ञापन गरीएको बताए । उनले भने ”हामिले गरेको निर्णय विद्यालयको आवश्यकता र विद्यालयको बालबालिकाहरुको भविष्यलाई हेरर अगाडी बढेको भन्दै विज्ञापन कुनै पनी हालतमा रद्ध नगरिने समेत बताए ।”

विद्यालयका प्रधानाध्यापक कृपाराम उपाध्यायका अनुसार विद्यालयमा न्यनतम तलब भत्ता खाने गरी निजि स्रोतबाट शिक्षक भर्ना गर्ने विज्ञापन खोलिएको र हाल कोरोनाका कारण विध्यालय सञ्चालनमा नभएका कारण त्यो त्यतिकै राखिने बताए । उनले भने ”सुचना जारी गर्दा आफुले १५ दिने निकालौ भनेका तर विव्यसले ७ दिने सुचनाले भै हाल्छ भनेर खोलिएको बताउनु भयो ।” भोलि शुक्रबार समितिलाई बोलाउने र समितिले जे भन्छ, त्यहि गर्ने समेत उनले बताए ।