कञ्चनपुरमा महेन्द्रनगर म्यूजियम सञ्चालनमा, पर्यटन पर्बद्धनमा टेवा पुग्ने अपेक्षाः क्याप्टेन उप्रेती

रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरको भिमदत्त नगरपालिकामा महेन्द्रनगर म्यूजियम सञ्चालनमा आएको छ । भिमदत्त नगरपालिका वडा नम्बर– २ भासिंमा शुक्रबार देखि महेन्द्रनगर म्यूजियम सञ्चालनमा आएको हो । कञ्चनपुरको पर्यटन पर्बद्धनमा टेवा पुर्याउने उदेश्यका साथ महेन्द्रनगर म्यूजियम सञ्चालनमा ल्याएको म्यूजियमका सञ्चालक क्याप्टेन वेद प्रकाश उप्रेतीले बताउनु भयो । उहाँले शुक्रबार म्यूजियमको प्रङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरेर म्यूजिमय सञ्चालनमा आएको जानकारी गराएका हुन ।

उहाँले भने “कोभिड १९ का कारण अहिले म्यूजियमको बाहिरी भागलाई मात्र खुला गरिएको बताए ।” कञ्चनपुरका स्थानिय समेत रहेका क्याप्टेन उप्रेतिले काठमाडौ, धनगढी हुदै आफ्नै गृह जिल्लामा पनी समाजका लागि र पर्यटन पर्बद्धनका क्षेत्रलाई अझ बढाउने उदेश्यका साथ ट्रस्टका रुपमा म्यूजियम स्थापना गरेका बताए ।”

जम्मा सात करोडको लगानीमा सञ्चालन गरिएको म्यूजियमा हेलिकेप्टर क्राप्ट, कञ्चनपुर लगायत सुदूरपश्चिमका पर्यटकिय ठाउँहरुका तस्वीर फरक शैलिमा बनेको घर, बाहिर सिद्धनाथ बाबाको दर्शन गर्न सकिने व्यवस्था, भित्र म्यूजियमका तिन वटा सेक्टरमा विभाजन गरिएको उहाँले बताए ।   म्यूजियममा लामटाङ्गमा कुनै मानवीय क्षति नभएको तर सामान्य दुर्घटनामा परेको हेलिकेप्टरलाई क्राप्टको रुपमा राखिएको छ । म्यूजियम भित्र प्रवेश गर्दा ७० बर्ष भन्दा माथिकालाई निशुल्क र अन्यलाई भने प्रवेश शुल्कमा ५० रुपयाँ राखिए राखिएको बताउए ।

५६ बर्षिया क्याप्टेन उप्रेतिले २०३९ सालमा कञ्चनपुरको सिद्धनाथ साईन्स क्याम्पसबाट आई.ए.सि. शिक्षा हासिल गरेर त्रिभुवन विश्वविद्यालय काठमाडौबाट मास्टर डिग्री हासिल गरेर अमेरिकाको फेडरेशन एभिएसन एडमिनिट्रेशनबाट पाईलट कोर्ष हासिल गरेर देश तथा विदेशमा विमान चालकका रुपमा उडान भर्दे आउनु भएको छ । अहिले पनि निरन्तर रुपमा भारत लगायत अन्य देशमा उडान भर्ने गरेको उहाँले बताए । म्यूजियमबाट हुने आम्दानीलाई ट्रस्टको नाममा राखेर समाजका लागि खर्च गरिने क्याप्टेन उप्रेतीको भनाई रहेको छ ।