व्यवस्था परिवर्त भए पनी जनताको अवस्था परिवर्तन हुन सकेन जनबाहिनी नेपालका संयोजक ओझाको भनाई

रमेश प्रसाद भट्ट /कञ्चनपुर- देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको जनबाहिनी नेपालका संयोजक एवं विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य शिरोमणि ओझाको भनाई रहेको छ । राजनैतिक पार्टीहरुले जनताको अवस्था परिवर्तन गछौ भनेर सत्तामा पुगे पनी राज्य जनता लक्षित भएर अगाडि बढन नसकेको आरोप लगाएका छन् ।

शुक्रबार पत्रकारहरु संगको भेटघाटमा जनबाहिनी नेपालका संयोजक ओझाले सरकारले जनतालाई दिनु पर्ने सामान्य सेवा सुविधालाई समेत पुर्याउन नसकेको प्रति आक्रोस व्यक्त गरे । उनले भने ”शिक्षा, स्वास्ंथ्य, देशको सिमा विवाद, किसानहरुले समयमा मल खाद् नपाउनु, लगानीलाई सुनिश्चित गर्न नसक्नु, बलत्कार हत्या हिंसालाई रोक्न नसकेको प्रति सरकारको कडा आलोचना गर्नु भएको छ ।”

यस्तै उहाँले ”पछिल्लो समय देशमा चरम भ्रष्टाचार बढी रहेको भन्दै यस्तो कार्यले देशमा विकास नहुने भएकाले शुन्य भ्रष्टाचार निति लागु गर्न एक अभियान चलाएको बताउदै अब जनताले पनि सचेत हुनु पर्ने बेला आएको बताए ।”  सरकारले परिणाम मुखि भएर कार्य गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस्तै जनबाहिनी नेपालका प्रबक्ता अनुज विक्रम साउँदले भने ९७ प्रतिशत हिन्दु धर्मावलम्बी रहेको नेपाललाई हिन्दु राष्ट्रको घोषणा गर्नु पर्ने बताएका छन् । उहाँले भने ”जबरजस्ती देशमा धर्म निरिपेक्ष बनाएता पनी राष्ट्रको पहिचान विश्वमा धर्मको बाहुल्यताको आधारमा भएका कारणले पनी नेपाल हिन्दु राष्ट्रको फेरी घोषणा हुनु पर्ने बताए ।” पछिल्लो समयमा जनबाहिनी नेपालले देशका विभिन्न ठाउँका जनता संगका पिर मार्कालाई बुझेर देश भक्ति आवाज उठाउदै आएको पबक्ता साउँदको भनाइ रहेको छ ।

भिडियो हेर्न यस लिकंमा क्लिक गर्नुहोस

Video link