बेलडाँडी गाउँपालिका-५ का वडा अध्यक्ष रोकाया झुण्डीएको अवस्थामा फेला

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायाको शव रुखमा झुण्डीएको अवस्थामा फेला परेको छ । शुक्रबार विहान घरबाट करिब ७ बजेतिर मन्दीर जान्छु भनेर गएका तर पछि खोज्दा छोरा लोकेन्द्रले घर नजिकै रहेको बैजनाथ मन्दीर नेरको गुटिलको रुखमा झुण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आत्मा हत्या जस्तो देखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिहले जानकारी दिनु भयो । अहिले घटनास्थलको मुचुल्का उठाएर पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी लगिएको प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीको प्रहरी टोली समेत पुगेको थियो ।