बेलडाँडी गाउपालिकाद्धारा ७ गते आईतबार सार्वजनिक विदा दिने निर्णय

रमेश प्रसाद भट्ट /कञ्चनपुर-  बेलडाँडी गाउपालिकाले यहि मंसिर ७ गते आईतबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार आकस्मीक रुपमा बसेको गाउँकार्यपालिकाको बैठकले वडा नम्बर- ५ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायाको दुखद् निधन भएका कारण एक दिन गाउपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा सार्वजनिक विदा गर्ने निणर्य भएको बेलडाँडी गाउँपालिका प्रबक्ता एवं वडा नम्बर १ का अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी दिनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्टले जारी गर्नु भएको एक सुचना मार्फत मृतक वडा अध्यक्ष रोकाया प्रति हार्दीक श्रद्धाञ्जली व्यक्त गदै शोकाकुल परिवारजनमा गरीहो समवेदना समेत प्रकट गरेको छ ।