कञ्चनपुर- संघीय सरकारकी खानेपानीमन्त्री बिना मगरले कम्यूनिष्ट सरकारले नै भूमिहिन जनतालाई जमिनको मालिक बनाउन सरकारले योजना अघि सारेको बताउनु भएको छ । बिहीबार कञ्चनपुर स्थित बेलडाँडी गाँउपालिका प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री मगरले जनतालाई जमिनको मालिक बनाउन सरकारले कार्य अघि बढाएको बताउनुभएको हो ।
जनता अब जमिनमा मालिक बन्छन :-
मन्त्री मगरले सरकारले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने तयारी भईरहेको बताईन । ‘हामी कम्यूनिष्टले चुनावका बेला जनतासंग भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउँछौँ, भनेका थिए, ‘उनले भनिन, ‘अब त्यो कार्य कम्यूनिष्ट नेतृत्वको सरकारले पुरा गर्छ ।’
बषौँदेखि जमिन नभएका, भूमिहिन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्यूनिष्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताईन । ‘जनता अब जमिनमा मालिक बन्छन, ‘उनले भनिन, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’
मन्त्री मगरले त्यसका लागि संघीय सरकारले पहिलो चरणमा देशभरीका सय पालिकासंग सम्झौताकोे कार्य अघि बढाईरहेको बताउँदै कञ्चनपुरको बेलडाँडी गाँउपालिका सहितका पालिका त्यसमा समाबेस गरिएको बताईन ।
आरक्षपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता :-
मन्त्री मगरले कञ्चनपुरको आरक्षपीडितको समस्या पनि कम्यूनिष्ट नेतृत्वकै सरकारले समाधान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । ‘हामी आरक्षपीडितकोे समस्यामा जानकार छौँ, ‘उनले भनिन, ‘पटक पटक पीडितसंगै म आफु र वनमन्त्री, भूमिसुधारमन्त्रीले समेत प्रत्यक्ष भेटेरै समस्या बुझेका छौँ ।’ आरक्ष पीडितको समस्या समाधान हुने उनले प्रण गरिन् । मन्त्री मगरले निर्वाचन क्षेत्र सहित कञ्चनपुरको सम्बृद्धि र विकासका लागि प्रतिबद्ध रहेको बताउदै क्षेत्रकोे एकिकृत दिगो विकास र सम्बृद्धिका लागि तीनै सरकारले योजना अघि सारेको बताईन । ‘अब निर्वाचन क्षेत्र नम्बर १ हिलोधुलोमुक्त हुन्छ, ‘मन्त्री मगरले भनिन, ‘यस अघि यस निर्वाचन क्षेत्रमा ग्राभिलिङ्ग समेत देख्न पाईदैन्थ्यो, अब सडक स्तरमा हामी तिनै तह लागि परेका छौँ ।’ मन्त्री मगरले बेलडाँडीको कालिकिच ताल सहितको विकासका लागि योजना अघि सारिरहेको समेत बताउनुभएको छ ।
दिगो विकास र सम्बृद्धिका लागि प्रतिबद्ध :-
खानेपानीमन्त्री बिना मगरले निर्वाचन क्षेत्रको विकासका लागि योजनाबद्ध ढङगबाट अघि बढेको बताउनु भयो । मन्त्री मगरले क्षेत्रको समग्र दिगो विकास र सम्बृद्धिका लागि आफु प्रतिबद्ध रहेको बताउनुभएको हो । मन्त्री मगरले आफुले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने र गरिरहेको समेत बताईन । ‘हिलो,धुलोयुक्त रहेको निर्वाचन क्षेत्र नम्बर १ को समग्र स्तरबृद्धिका लागि संघीय सरकारका तर्फबाट पहल गर्छुू, ‘मन्त्री मगरले भनिन, ‘तीनै तहका सरकारबाट काम भईरहेका छन ।’
निर्वाचन क्षेत्र नम्बर १ को विकासमा खानेपानी मन्त्रीको उच्च भूमिका : नेता, संसद
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संसद, नेता एव पुर्व संसदले खानेपानीमन्त्रीको प्रसंसा गरेका छन । उनीहरुको निर्वाचन क्षेत्रको विकास, सम्बृद्धि र विकासका आयाममा खानेपानीमन्धीको उच्च भूमिका रहेको बताएका छन ।
नेकपा बेलडाँडी इन्चार्ज विष्ट :-
नेकपा बेलडाँडीका इन्चार्ज एव नेकपा कञ्चनपुरका युवा नेता अक्कल बहादुर विष्टले नेकपाबाट निर्वाचन क्षेत्र नम्बर १ बाट बिना मगरले चुनाव जितेसंगै समग्र निर्वाचन क्षेत्रको विकासका उच्च भूमिका रहेको बतए । नेकपा नेता विष्टले बिना मगर निर्वाचित भएदेखि दक्षिण क्षेत्रकमा विकासमा आयाम थपिरहेको बताए । नेता विष्टले मन्त्रीले हुलाकी राजमार्ग, पुल पुलेसा, विभिन्न भौतिक पुर्वाधार एव सीमा सुरक्षा लगायत जनताका जनजिविकासंग रहेका विषयमा काम भईरहेको प्रसंसा गरे ।
उनले थुप्रै योजाना अघि बढिरहेको बताउदै जन चाहना अनुरुप विकासका योजना अघि बढाउनुपर्नेमा जोडदिए । नेता विष्टले आरक्षपीडित, झर्नाखोला चौधरको तटबन्ध निर्माणका साथै समग्र बेलडाँडीको विकासमा ध्यान दिन समेत मन्त्रीको ध्यानाकर्षण गराएका छन । ‘अब जनतालाई विकास दिनुपर्छ, ‘उनले भने, ‘भाषण होईन, ‘व्यवहारमा विकास दिनुपर्छ ।’
संविधान सभा सदस्य भट्ट :-
संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले खानेपानी मन्त्रीकै अथक पहलमा निर्वाचन क्षेत्र नम्बर १को विकासले गति लिईरहेको बताए । उनले सीमादेखि, अन्य भौतिक पुर्वाधार एव विकासका योजना अघि बढिरहेको बताए । प्रदेश सभा सदस्य कुलबिर चौधरीले बेलडाँडीको सीमसार व्यवस्थापनदेखि अन्य विकास निर्माणका लागि हातेमाले गरेर अघि बढ्ने बताए । उनले तीनै तहका सरकार मिलेर बेलडाँडीको विकास गर्नुपर्नेमा जोडदिए ।
सु.प प्रदेश प्रमुख सचेतक तामाङ :-
प्रदेश सभा सदस्य तथा नेकपा सुप प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ्गले भवनबाट जनतालाई स्तरिय सेवा जनताको चाहना अनुरुप सेवा दिनुपर्ने सुझाव दिए ।
‘यस क्षेत्रबाट मन्त्री बिना मगर सफल भएमात्रै सबै सफल हुन्छन, ‘उनले भने, ‘त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट जनताको हितमा काम गर्नुपर्छ ।’ उनले भूमिहिन, आरक्षपीडित लगायत सबैखाले समस्या समाधानका लागि तीनै तहका जनप्रतिनिधी सरकारले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोडदिए । आरक्षपीडितको समस्या समाधानका लागि बेलडाँडी गाँउपालिकाले मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
गाँउपालिका प्रवक्ता खत्री :
पीडितका तर्फबाट बेलडाँडी गाँउपालिका प्रवक्ता अमर बहादुर खत्रीले लामो समयदेखि आरक्षपीडितको पूर्नस्थापना हुँन नसक्दा पीडित मारमा मात्र नभई अमानविय रुयमा बाँच्नु परेको वेथा सुनाए । प्रवक्ता खत्रीले जसरी भएपनि आरक्षपीडितको समस्या समाधानका लागि संघीय सरकारबाट पहल हुनुपर्नेमा जोडदिए ।
नेकपा बेलडाँडीको ज्ञापन :
नेकपा बेलडाँडीले गाँउपालिकाको विकास र समस्या बारे मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेकपा बेलडाँडीका तर्फबाट इन्चार्ज अक्कल बहादुर विष्ट, अध्यक्ष लक्ष्मण भाट, सचिव मोहन बडूले बेलडाँडीका आर्थिक, समाजिक एव साँस्कुृतिक, भौतिक, सीमा लगायत विवित समस्या समाधानका लागि माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै मन्त्री मगरले यस क्षेत्रका सबै समस्याबारे जानकार रहेकाले बेलडाँडीको विकासका लागि प्रतिबद्ध रहेको दोहो¥याए ।
चार तले पक्की भवनको उद्घाटन :
स्थानीय तहमा सरकार गठन भएको चार बर्ष पुरा भएको छ । वर्तमान व्यवस्थाले सिहदरबारको अधिकार गाँउ गाँउमा पु¥याए अनुरुप कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको प्रशासकीय भवन निर्माण भएको छ । देश एकात्मक शासन व्यवस्थामा हुँदा काठमाण्डौँमा रहेका सिहदरबारका अधिकार गाँउ गाँउ पु¥याएसंगै बेलडाँडी गाँउपालिकाको चार तले पक्की भवनको उद्घाटन गरिएकोछ । उद्घाटन कार्यक्रममा बेलडाँडी गाँउपालिका कार्यालयका सव ईन्जिनियर तेज बहादुर सुनारले भवनको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४ करोड ७८ लाख ५३ हजारमध्ये ४ करोड ५७ लाख ४७ हजारमा सम्झौता गरिएको थियो ।
बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापाले ०७४ पुषमा शिलान्यास गरि बिहीबार निर्वाचन क्षेत्र नम्बर १की प्रतिनिधी सभा सदस्य एव खानेपानीमन्त्री बिना मगरले भवनको उद्घाटन गरेकी छिन । वाईआर कस्ष्ट्रक्सन÷मित्र जेभीले लिप्ट सहितको आधुनिक भवन निर्माण गरेका थिए । ०७५ माघमा तेस्रो र चौथो तलाको पुन टेण्डर भएको थियो ।
एक करोड ९४ लाख, ७९ हजार, ४ सय लागत मध्ये १ करोड, ९३ लाख ८४ हजारमा सम्झौता गरिएको थियो ।
गाउँपालिका उप-प्रमुख कमला कार्की :
कुल ६ करोड ५१ लाख ३१ हजारमा निर्माण गरिएको थियो । आर्थिक बर्ष २०७३/०७४ मा शुरु भई आर्थिक बर्ष ०७७/०७८मा असोजमा सम्पन्न भएको थियो । भुईतला सहित साढे चार तला लिप्ट सहित ३२ कोठा रहेका छन । भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उप प्रमुख कमला कार्कीले शुभकामना मन्तव्य राख्दै भवनबाटै जनताका सेवा सुविधा दिईने बाचा दिए ।
गाँउपालिका प्रमुख थापा :
बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले भवन निर्माणसंगै जनताको चाहना अनुरुप अघि बढाईने बताए । गाँउ प्रमुख थापाले जनताको चाहना अनुरुप काम अघि बढाईने बताए । मन्त्री मगर, प्रदेश सभा सदस्यद्वय तारालामा तामाङ्ग, कुलबिर चौधरी संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, लगायतका जनप्रतिनिधी, नेता एव कर्मचारीले भवनको अवलोकन गर्दै प्रसंसा गरेका छन ।
बेलडाँडी गाँउपालिका लेखा संयोजक शंकर भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल,नागरिक समाज, जनप्रतिनिधी, कर्मचारी,पत्रकार, सुरक्षा निकाय एव सर्वसाधारणको सहभागिता रहेको थियो ।