बेलडाँडी गा.पा.-२ का अध्यक्षको सरकारी मोटरसाईकल घरको आगनबाटै चोरी

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  बेलडाँडी गाउँपालिका वडा नम्बर- २ का अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने सरकारी मोटरसाईलक घरको आगनबाटै चोरी भएको छ । शुक्रबार राति करिब १ देखि २ बजेको बिचमा बेलडाँडी गाउपालिका वडा नम्बर -२ गाउँपालिका कार्यालय अगाडी रहेको अध्यक्ष खातीको घरको आगनबाटै चोरी भएको बेलडाँडी प्रहरीले जनाएको छ ।

राति सुति रहेको समयमा बेलडाँडी गाउपालिकाको नाममा रहेको म. १ ब. ४०९ नम्बरको सरकारी मोटरसाईकल YAMAHA कम्पनीको एफ.जेड. चोरी भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।

उहाँका अनुसार राति चोरी भएको खबर अध्यक्ष प्रेमराज खातीले गर्ने बितिक्कैबाट खोजी कार्य जारी रहेको बताए । यसरी बेलडाँडीमा पछिल्लो समयमा चोरीका घटनाहरु बढन थालेपछि स्थानीयहरु सुरक्षा जोखिम भएको भन्दै त्रसित बनेका छन् ।