राष्ट्रिय जनमोर्चाद्धारा बेलडाँडीमा विरोध कार्यक्रम

कञ्चनपुर- राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको बेलडाँडीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । जनमोर्चाले बुधबार बेलडाँडीको चवन्नी बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रतिनिधि सभा विघटन गरेको निर्णय अप्रजातान्त्रिक अलोकतान्त्रिक भएको भन्दै विरोध कार्यक्रम गरेको हो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा स्थानियस्तरका नेता लगायतको सहभागितामा विरोध कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले चालेको संसद विघटन  कार्यको चर्को रुपमा विरोध गरेका थिए ।